फेडेररको पहिलो जित
बुधबार, २८ कार्तिक २०७५खेलपाटी संवाददाता

एजेन्सी ।स्विस खेलाडी रोजर फेडेररले एटीपी फाइनल्स टेनिसमा पहिलो जित दर्ता गरेका छन् ।
मंगलबार राति भएको पहिलो खेलमा फेडेररले डोमोनिक थिएमलाई हराएर पहिलो जित निकालेका हुन् ।
लण्डनमा भएको खेलमा तेस्रो वरीयताका फेडेररले थिएमलाई ६ - २ र ६ - ३ को सोझो सेटमा पराजित गरे । जितसंगै फेडेररले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायम राखेका छन् ।
यसअघि फेडेरर पहिलो खेलमा जापानका केइ निशिकोरीसंग स्तब्ध भएका थिए ।













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)