विवादको जड भने टुसालले मात्रै नयाँ बस्ती युथ क्लबले पनि झिकेको हो। चैत ७ गते भएको आफ्नो क्लबविरुद्ध धीरेन्द्रले निर्णायक गोल गर्दै सरस्वतीलाई १–० को जित दिलाएपछि नयाँ बस्ती सहन नै भएन। उक्त खेलपश्चात् नै नयाँ बस्तीका टिम म्यानेजर विकास राईले उनीविरुद्ध उजुरी गरेका हुन्।
अहिले नेपाली टोली भारतीय प्रशिक्षक मोन्टी देसाई आउनुपूर्व जुन हालतमा थियो त्यस्तै हालतमा फर्किसकेको छ। यस्तो बेला अगाडि सरेका स्टुअर्टले के नेपाली क्रिकेट इतिहासमा अर्को कायापलट गर्लान् त?
टुसाल क्लबबाट ‘बी’ डिभिजन लिग खेल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबमा उक्लिएका उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका संकटमोचक बन्दै आएका छन्। अझ ऐतिहासिक जित दिलाउन त उनी पछिल्लो समय निर्णायक नै बनेका छन्।
रसका लागि यही खेल ‘डेब्यु’ हुनेछ। यसपल्ट उनीसामु ठूलो टोलीलाई पाखा लगाउनुपर्ने चुनौती छ। नेपालले सिंगापुरसँग खेलेपछि एएफसी एसियन कप छनोटको तेस्रो राउन्डमा ६ खेल खेल्ने छ। यसबीचमा दक्षिण एसियाको मिनी विश्वकप भनेर चिनिने साफ च्याम्पियनसिप पनि खेल्नुपर्ने छ। त्यसैले सिंगापुरसँगको खेल उनको नाडी छाम्ने कडीको रूपमा लिइएको छ।
१४० करोड जनसंख्या भएको भारतमा क्रिकेटप्रति ठूलो लगाव छ। कहिलेकाहीँ हक्की टोलीले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो गर्दिन्छ। योसँगै फिल्ड हक्कीले तातिन्छ। तर, फुटबलको सन्दर्भमा यस्तो केही हुँदैन।
नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिना बितिसकेको छ।
सविनले एउटा ‘अग्नि परीक्षा’ दिन भने बाँकी नै छ। त्यो परीक्षामा उत्रिर्ण भए उनी यसै वर्ष सिधै राष्ट्रिय टोलीमा उक्लिन सक्छन्। नत्र अझै लामो प्रतीक्षा गर्नुको विकल्प उनीसँग रहने छैन।
विवादलाई तन्काउँदै लैजाने र भविष्यमा हुने सरकार परिवर्तनसँगै आफू अनुकूलको निर्णय गराएर अन्तर्राष्ट्रिय रूपमा बलियो हुने आश जीवनरामले देखेका छन्।
पछिल्लो दुई वर्षदेखि राष्ट्रिय टिममा नदेखिएका बिमलले नेपालमा फुटबल खेल्ने वातावरण भएको अवस्थामा आफु राष्ट्रिय टिममा फर्किने बताएका हुन् ।
यो फिल्मबाट उठेको पैसाले अन्जिलाको घर बनाइदिने निर्देशक मिलन चाम्सले बताएका छन् ।
नेपाल बुद्धिचाल महासंघको सामाजिक सञ्जालमा कोषाध्यक्षले अश्लील तस्बीर राखेको विषय उठेपछि कार्यसमिति बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।