मधेशसँग आर्मी पराजित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ। बुधबार सम्पन्न खेलमा मधेश प्रदेशले आर्मीलाई तीन विकेटले पराजित गरेको हो।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ। बुधबार सम्पन्न खेलमा मधेश प्रदेशले आर्मीलाई तीन विकेटले पराजित गरेको हो।
किरण ठगुन्नाको सानदार ब्याटिङ र हेमन्त धामीको घातक बलिङसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।
स्पिनर ललितनारायण राजवंशीले लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा छैटौं जित हात पारेको छ।
फाफ डु प्लेसिसले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा दिल्ली क्यापिटल्सको उपकप्तानी गर्ने भएका छन्।
वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली बुधबार फर्किने भएको छ। प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए।
नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १८ सदस्सीय टोली घोषणा गरेको हो।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार पाँचौ जित निकालेको छ। सोमबार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो।
अहिलेसम्मको यात्रामा बैंग्लोरले अन्तर्राष्ट्रिय स्तरमा स्थापित खेलाडीलाई कप्तानी सुम्पिएको छ। तर, यसपल्ट बैंग्लोरले रजत पाटीदारमाथि बाजी लगाएको छ।
उनी आफ्नो चोटबाट अझै निको भएका छैनन्। त्यसैले उनलाई जनवरीदेखि मैदानमा फर्कन दिइएको छैन। बुमराह अप्रिलको सुरुमा टोलीमा फर्किने बताइएको छ। तर, मुम्बईले मार्चमा नै तीन खेल खेल्नु पर्नेछ।
वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।
वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ।
गण्डकी प्रदेशमाथि गत वर्षको बदला लिँदै कोशी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ। गत वर्ष मूलपानीमा भएको खेलमा गण्डकीले कोशीलाई २५ रनमै अलआउट गरेको थियो।