अष्ट्रेलियामा स्वर्ण विजेता सितु सम्मानित
बुधबार, २३ श्रावण २०७५खेलपाटी संवाददाता

काठमाडौं । अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण विजेता सितु सिंह मास्केलाई ह्वाइट फिल्ड स्कुलले सम्मान गरेको छ ।
अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दोमा स्वर्ण पदक विजेता सितुलाई बुधबार सितु अध्यनरत स्कुल ह्वाइट फिल्डले सम्मान गरेको हो । उनलाई नयाँ बजारस्थित स्कुलको प्राङ्गणमा विद्यालयका प्रिन्सिपल दुर्गा श्रेष्ठले सम्मानित गरे ।
सितुसंगै प्रशिक्षक कुमार लामा घिसिङलाई पनि विद्यालयका प्रिन्सिपल श्रेष्ठले सम्मानित गरे । प्रशिक्षक घिसिङ विद्यालयका तेक्वान्दो प्रशिक्षक समेत हुन् ।
गत २८ र २९ जुलाईमा भएको च्याम्पियनसिपमा सितुले २६ केजी तौलसमूहमा स्वर्ण र पुम्सेमा कांस्य पदक जितेकी थिइन् ।










-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)