मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

पदक विजेता टेबलटेनिस टोलीलाई बधाइ र स्वागत

सोमबार, ०२ जेठ २०७९खेलपाटी संवाददाता
पदक विजेता टेबलटेनिस टोलीलाई बधाइ र स्वागत
Loading ad...
mustang rice ad

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार स्वागत गर्नुका साथै बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलाडीले आफ्नो कमजोरीलाई सुधार गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ गर्विलो उपलब्धी हासिल गर्न अझ मिहिनेत गर्नु पर्नेमा जोड दिए ।

माल्दिभ्सको मालेमा बैशाख २६ देखि २८ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो । नेपालबाट ४ पुरुष र ३ महिला गरी ७ खेलाडी सहभागी थिए । सबै पदक जित्न सफल भए ।

क्याडेट गल्र्स टिम इभेन्टमा इभाना थापा मगर, वियांका राई र शुभश्री श्रेष्ठले नेपाललाई रजत दिलाए । नेपालसहित ६ राष्ट्र सहभागी उक्त स्पर्धाको सेमिफाइनलमा नेपालले श्रीलंकालाई पराजित गर्दै भारतसंग स्वर्ण भिडन्त पक्का गरेको थियो । फाइनलमा भने भारत विजयी भयो ।

जुनियर ब्वाइज टिममा संयोग कपाली, रुविन महर्जन र प्रिन्स थापाले कांस्य जिते । क्याडेट ब्वाइज डबल्समा प्रिन्स थापा र उज्ज्वल मानन्धरको जोडीले कांस्य चुमे । राउन्ड रोविन लिगका आधारमा भएको दुवै स्पर्धामा नेपालसहित ५ राष्ट्रले भाग लिएका थिए । प्रिन्स बुटवलमा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।

टोलीको नेतृत्व अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले गरे थिए भने व्यवस्थापमा टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा प्रशिक्षकमा शंकर गौतम र मोहनदास बासुकला रहेका छन् ।

कम्पिटिसन म्यानेजरमा तेजेन्द्रसिंह महरा थिए । टोली बैशाख २९ गते स्वदेश फर्किएको हो ।

Loading ad...
LiNing Ad
पदक विजेता टेबलटेनिस टोलीलाई बधाइ र स्वागत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा