बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

शुक्रबार, २४ असार २०७९खेलपाटी संवाददाता
बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
Loading ad...
mustang rice ad

पोखरा । बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हात पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रोस्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् । असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कव्वडी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेर सनसनी मच्चाएको छ । नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्र÷छात्रा तर्फ १÷१ स्वर्ण प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश निति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरुलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यहि असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ ।

Loading ad...
LiNing Ad
बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य