आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

वेस्टर्न ओपन : सुवासलाई अग्रता  

बिहिबार, ११ फाल्गुण २०७९खेलपाटी संवाददाता
वेस्टर्न ओपन : सुवासलाई अग्रता  
Classic Tech Internet Ad

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन बिहीबार साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। 

 पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १-अन्डर १ सय ३७ स्कोर सहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे। भुवनले आज २-ओभर ७१ स्कोर गरे र समग्रमा इभन-पार १ सय ३८ को कार्ड सहित दोस्रो स्थानमा झरे। 

समग्रमा १-ओभर १ सय ३९ स्कोर सहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्तरुपमा तेस्रो स्थानमा छन्। रामेले १-अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए। 

नेपाल नम्बर एक शुक्र बहादुर राईले दल बहादुर लामासँग समग्रमा ४-ओभर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थान बाँडे। शुक्रले इभन-पार ६९ र दलले २-ओभर ७१ स्कोर गरे। समग्रमा ५-ओभर १ सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन्। उनले आज १-अन्डर ६८ को स्कोर निकाले। राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले ५-ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७-ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे। एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन्। 

 समग्रमा ८-ओभर १ सय ४६ को नतिजामा भुवन कुमार रोक्का, धन बहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्तरुपमा नवौं स्थानमा छन्। 

 ३६ होलको समाप्तीमा १६-ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन्। प्रोफेसनल खेलाडीहरु दीपक आचार्य, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रवि खड्का, शिवराम पौडेल, नीरज तामाङ, भुबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबाहक, कमल तामाङ, प्रदीपकुमार लामा, सबिन सापकोटा, बलभद्र राई तथा एमेच्योर गल्फर अजित बिके, सुरेश तामाङ, महेन्द्र फगामी र युवराज भुजेलले कट बनाएका छन्। 

पहिलो दिन ३-ओभरको प्रदर्शन सहित सातौं स्थानमा रहेका दाबेदार खेलाडी सुवासले दोस्रो दिन लय समाते। उपाधि रक्षा गर्ने सम्भावनालाई जिवितै राख्ने क्रममा उनले आठौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औं होलको बोगीका विरूद्ध चार बर्डी प्रहार गरे। १०औं, १३औं, १५औं र १८औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३२ मा सकाए। 

 

भुवनले तेस्रो र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३६ मा र १०औं होलको बोगी विरूद्ध १४औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे‌।

 

रामे मगरले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३५ मा सकाए। उनले दोस्रो, छैटौं, आठौं होलमा एक-एक सट बचाए। चौंथो र नवौं होलमा बोगी खेपे। यसपछि १४औं र १७औं होलमा बर्डी प्रहार गरेपनि १२औं र १६औं होलमा एक-एक सट खेर फाले। सञ्जयले फ्रन्ट नाइन इभन-पारमा सकाउने क्रममा पहिलो र छैटौ होलमा बर्डीको सफलता प्राप्त गरेपनि पाँचौ होलमा डबल बोगीको सामना गरे। यसपछि १०औं र १७औं होलमा बर्डी प्रहार गर्दा १२औं र १६औं होलको बोगीले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए। 

 

५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ।

Bajaj Pulsar Motorcycle Ad
वेस्टर्न ओपन : सुवासलाई अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती