आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुभयान र मिनहाजको संयुक्त अग्रता

शनिबार, १६ मंसिर २०८०खेलपाटी संवाददाता
सुभयान र मिनहाजको संयुक्त अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा सञ्चालन भइरहेको हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सातौं चरणको खेल सम्पन्न भएको छ। 

प्रतियोगिताका भारतीय २३ सय ९३ रेटेड शीर्ष खेलाडी सुभयानले भारतकै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटिबाट खेल आरम्भ गरेका थिए।  राहुलले छैटौं चाल अन्तर्गत बिसप डि सिक्स चाल्दै सानो गल्ती गर्न पुगे। जसको फाइदा लिदै सुभयानले सोह्र चालभित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे। सुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ अग्रस्थान बनाएका छन् । 

आठौं चरणको खेलमा उनले बंगलादेशी २१ सय ९३ रेटेड एफ अहमद शेख नासिरसंग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता मार्फत ७ अंक रेटिङ सुधार गरेका अन्तर्राष्ट्रिय आईएमले उपाधि प्राप्त गर्ने लक्ष रहेको बताएका छन् । 

शनिबारनै सम्पन्न दोश्रो बोर्डमा २२ सय १७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९ सय ७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जित दर्ता गर्दै ६ अंकका साथ संयुक्त रुपमा अग्रस्थानमा उभिन सफल बने। आईएम मिनहाजले ओपन सिसिलियन भारिएशन इ फो सी सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल शुरु गर्दै ४२ औं चालमा चलाखी गर्दै पाउन अप गरे। उपाधिका लागि जित्नै पर्ने आठौं चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसंग कालो गोटी लिएर खेल्नेछन्।

बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिंह, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५, ५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा सुरक्षित रहन सफल भएका छन्। आठौं चरणको खेलमा नयन हकले अबु शेखसंग, अमरदीपले अर्बिन्दर प्रितसंग, नासिर शेखले सुभयानसंग र सरिफ होसेनले मिनहाजसंग कडा प्रतिस्पर्धा गर्नेछन्।

एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४ दशमलव ५ अंक बनाएर नेपाली खेलाडी मध्यबाट अघि रहन तछाडमछाड गरिरहेका छन्। उनीहरुसंगै पूर्व नेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन्। 

यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४ दशमलव ५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन्। नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन्। 

आइतबार सम्पन्न हुने एशियन खुल्ला बुद्धिचाल प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख सतासी हजार पाँच सय रहेको छ ।

प्रतियोगितामा शीर्ष १५ खेलाडी, सर्वोकृष्ट महिला, वेष्ट लोकल, वेष्ट भेट्रान, यू १०, यू१२, यू१४, यू१६, यू१८, वेष्ट अनरेटेड र १५ सय, १७ सय, १९ सय मुनिका रेटेड खेलाडी गरि ३८ जना खेलाडीलाई पुरस्कृत गरिने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी गराएका छन्।
 

Loading ad...
LiNing Ad
#सुभयान र मिनहाज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’