आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

दशौं राष्ट्रिय खेलकुदको समन्वय बैठक सुर्खेतमा

शुक्रबार, २२ मंसिर २०८०खेलपाटी संवाददाता
दशौं राष्ट्रिय खेलकुदको समन्वय बैठक सुर्खेतमा
Loading ad...
mustang rice ad

काठमाडौं । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघिय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहभागी रहेका थिए । 

बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणतर्फ आगामी पुस मसान्तभित्र एक अर्ब बजेट सुनिश्चित गरि दिन प्रदेश खेलकुद विकास परिषद् कर्णालीले संघीय सरकार समक्ष प्रस्ताव राखेको छ । 

प्रदेश खेलकुद विकास परिषद कर्णालीका सदस्य सचिव विश्वमित्र सन्ज्यालले दशौं राष्ट्रिय खेलकुदको तयारी सम्बन्धमा हाल सम्म भएका प्रगति र अवस्था बारे प्रस्तुती राखेका थिए ।

हाल सम्मको तयारीले कर्णालीमा २८ वटा खेल आयोजना गर्न सकिने तर पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित हुनु पर्ने माग गरिएको छ । जिल्लाहरुमा रहेका भौतिक पूर्वाधारको अवस्था तथा बसोबास क्षमताका आधार विभिन्न जिल्लाहरुमा प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली जुरुक्क उठेको भन्दै संघिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

बैठकमा उठेको प्रश्नहरुको जवाफमा मन्त्री लिम्बुले प्रतियोगिता कुनै पनि अवस्थामा निर्धारित मिति आगामी बर्ष मंसिरमा नै सम्पन्न गर्न तीनै तहको जिम्मेवारी भएको बताए । प्रतियोगिताका लागि आवश्यक समन्वय र सहयोग गर्न सरकार तयार रहेको उल्लेख गरे । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद तथा सरकारको तयारीले राष्ट्रिय खेलकुद परिषद उत्साहीत भएको भन्दै उपसमितिहरु दोहोरो नपर्ने गरि बनाउनु पर्ने बताए ।

व्यवस्थापन सम्वन्धि उपसमितिहरु स्थानिय तहबाटै र प्राविधिक र खेल सन्चालनसंग सम्वन्धित समितिहरु केन्द्रबाट बनाउनु उपयुक्त हुने सुझाव दिएका थिए । नवौं राष्ट्रिय खेलकुदमा भएको कमजोरीबाट शिक्षा लिदै दशौं खेलकुदको तयारी गरिने घिसिङको भनाई छ ।

प्रदेशको सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलको अध्यक्षतामा भएको बैठकमा प्रदेश आर्थिक मामिला मन्त्री बेदराज सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न जिल्लाका खेलकुद समितिका अध्यक्ष, खेल संघका प्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतियोगिता तोकिएकै मितिमा गर्न र आवश्यक सहयोग पु¥याउन संघिय सरकारसंग माग गरेका छन् ।

दशौका लागि मन्त्री र मुख्य मन्त्रीबीच छलफल

संघिय मन्त्री र प्रदेश मुख्य मन्त्रीबीच दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बिषयमा अन्तर सम्वाद भएको छ । दशौं राष्ट्रिय खेलकुद आयोजनाको तयारी गरि रहेको राखेप र प्रदेश सरकारबीच आवश्यक समन्वय र सहकार्यका लागि छलफल भएको हो । 

मुख्य मन्त्री कार्यालयमा भएको छलफलमा संघिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले प्रदेशको तयारी उत्साहजनक रहेको र केन्द्र सरकारले पनि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल लगायतको सहभागिता थियो । त्यस क्रममा प्रदेश खेलकुदमा कर्मचारीहरु समायोजन सम्बन्धमा पनि छलफल भएको थियो ।

Loading ad...
LiNing Ad
#राष्ट्रिय खेलकुदको समन्वय बैठक सुर्खेतमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’