आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अवैधानिक निर्णयमा अदालत जाने धम्की

मंगलबार, ०३ पौष २०८०खेलपाटी संवाददाता
अवैधानिक निर्णयमा अदालत जाने धम्की
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका ९ जना पदाधिकारी सहितका सदस्यले कार्यसमिति बैठकको अवैधानिक निर्णय उपर अदालतसम्म जाने धम्की दिएका छन् ।  

सोमबारको कार्यसमिति बैठकका ६ वटा निर्णय विधान विपरित रहेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित ९ जना पदाधिकारीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर एन्फा निर्णयको विरोध गरेका हुन् ।

उनीहरुले निर्णय उपर एन्फाको अनुशासन समिति, राखेप र अदालतसम्म जाने बताएका हुन् । 

कार्यसमिति बैठकको निर्णयमा असन्तुष्टि जनाउनेमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय दिर्घबहादुर केसी कुमार, विराटजंग शाही, पेमा डोल्मा लामा, रमेश ब्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रवीन्द्र चन्द र रुपेश अधिकारी छन् ।

मध्यपुर युथलाई कारबाही गर्ने निर्णय न्यायोचित नभएको, इन्द्रमान तुलाधरलाई सिइओ नियुक्त गर्ने निर्णय अवैधानिक भएको, महिला समितिलाई बैठकमा समावेश नगरिएको, विधान विपरित राष्ट्रिय लिग खेल्ने ४ क्लबको मताधिकार खोसेको, सहायक महासचिव बसन्त अर्याललाई हटाउने निर्णय विधि अनुसार नभएको र विधान विपरित इन्ट्रिगिटी अफिसर नियुक्त गरिएको आरोप लगाईएको छ । 

उनीहरुले बहुमतका आधारमा गरिएको अवैधानिक निर्णयलाई लिएर राखेपदेखि अदालतसम्म जाने बताएका छन् । 
‘अध्यक्षले बहुमतको आधारमा निर्णय गर्नुभएको छ । तर कतिपय निर्णय विधि, विधान विपरित देखिन्छ ।’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘अनुशासनको कारबाही भोग्न परेपनि यस विषयमा अदालतसम्म पुग्नेछौं ।’

उपाध्यक्ष दिर्घबहादुर केसी कुमारले बहुमतका आधारमा विधि र विधान मिच्ने काम नेतृत्वबाट भएको उल्लेख गर्दै अवसरवादीहरुको झुण्ड बोकेर फुटबलको लामो यात्रा तय गर्न नसकिने बताए ।

अर्का उपाध्यक्ष विराटजंग शाहीले जिम्मेवारी दिने र खोस्ने विषयमा नेतृत्वले स्पष्ट कारण दिन सक्नुपर्ने बताए ।

केन्द्रिय सदस्य अनिल मल्लले एन्फाका अवैधानिक निर्णयविरुद्ध आफुले सधै बोल्दै आएको उल्लेख गर्दै विधान अनुसार संस्था चल्नुपर्ने बताए । 

अर्का केन्द्रिय सदस्य रुपेश केसीले बहुमतको नाममा गोप्य कोठाबाट फुटबल चलाउन खोजिएको आरोप लगाए । 

एन्फाको सोमबारको कार्यसमिति बैठकले १४ वटा निर्णयलाई प्रेस बिज्ञप्तिमार्फत सार्वजनीक गरेको थियो । तर सिइओ नियुक्ति लगायतका कतिपय निर्णय एन्फा विधान, नियमावली विपरित देखिएका छन् । सोही निर्णयविरुद्ध ९ जना कार्यसमितिका पदाधिकारी र सदस्य विरोधमा उत्रिएका हुन् ।


 

Loading ad...
LiNing Ad
#अवैधानिक निर्णय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’