सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

मिलन्थाको आक्रामक ब्याटिङमा जनकपुरलाई उपाधि

शनिबार, ०६ पौष २०८१खेलपाटी संवाददाता
मिलन्थाको आक्रामक ब्याटिङमा जनकपुरलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। लामिरु मिलन्थाको आक्रामक ब्याटिङसँगै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई तेस्रो भेटमा पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले चार बल बाँकी रहँदै पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। यसअघि लिगचरणमा सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो। क्‍वालिफायर १ मा पनि जनकपुरमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम सोझै फाइनलमा स्थान बनाएको थियो।

यता, जनकपुरले भने सुदूरपश्चिमसँग तेस्रो भेट पक्का गर्न घुमाउरो बाटो तय गर्नुपर्‍यो। बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो। तर, यो भेट मिलान्थाले सुदूरपश्चिमलाई खल्लो बनाइदिए। उनले नै यसअघि जनकपुरको स्वामिक्त लिएको टोली लुम्बिनी अलस्टारलाई नेपाल टी २० लिगको पहिलो संस्करण जिताउन विराटनगर सुपर किङ्सविरुद्ध फाइनलमा सर्वाधिक ४१ रन बनाएका थिए।

यसपल्ट पनि जनकपुरलाई जित दिलाउन उनले नै ८७ रनको सानदार इनिङ्स खेले। ४९ बल खेलेका उनले नौ चौका र चार छक्का प्रहार गरे। यस्तै, हर्ष ठाकरले ३० र मयन यादवले चार रनको अविजित योगदान दिए।

जनकपुरले आक्रामक सुरुआत गरेको थियो। पहिलो पावरप्लेमै जनकपुरले कुनै विकेट नगुमाई ७१ रन बनाएको थियो। तर, सातौं ओभरको अन्तिम बलमा मिलान्थासँग ७३ रनको साझेदारी गरेका आसिफ शेख पभिलियन फर्किए। १९ बल खेलि चार चौका र दुई छक्का प्रहार गरेका उनलाई ब्रान्डन म्याकमुलनले क्याच गरे।

त्यसपछि मोहम्मद मोहसिन पनि नौ रनमा ईशान पाण्डेबाट बोल्ड भएपछि सुदूरपश्चिमले खेलमा फर्किने संकेत देखाएको थियो। तर, मिलान्थाले तेस्रो विकेटका लागि हर्ष ठाकरसँग ६१ रनको साझेदारी गर्दै जितनजिक पुर्‍याएका थिए।

उनी आउट हुँदा जनकपुरलाई २७ बलमा मात्रै १९ रनको आवश्यक थियो। त्यसपछि आएका जिमी निसम चार र आकाश त्रिपाठीले दुई रनको योगदान दिए। तर, हर्षले छैटौं विकेटका लागि मयनसँग तीन रनको साझेदारी गर्दै जित पक्का गरे। सुदूरपश्चिमका स्कट कुग्लेन, दीपेन्द्रसिंह ऐरी, सैफ जैब र ईशान पाण्डेले समान एक विकेट लिए।

त्यसअघि ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीसँगै सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।

पहिलो पावरप्लेमा कुनै विकेट नै नगुमाई सुदूरपश्चिम ४८ रन बनाउन सफल भएको थियो। जनकपुरले दुई मेडन आफैंसँग राख्दा पनि सुदूरपश्चिमलाई रोक्न सकेन। अझ जैबले आक्रामक ब्याटिङ देखाउँदै ३३ बलमै अर्धशतक पूरा गरे। 

एनपिएलमा यो उनको दोस्रो अर्धशतक हो। यसअघि लिग चरणमा उनले लुम्बिनी लायन्सविरुद्ध ९० रन बनाएका थिए। १२औं ओभरको अन्तिम बलमा ललितनारायण राजवंशीबाट क्याच ६९ रनमा क्याच हुनुअघि उनले दुईपल्ट जीवनदान पाएका थिए। उनले ४३ बलमा आठ चौका र दुई छक्का प्रहार गरे।

पहिलो विकेटका लागि उनले विनोद भण्डारीसँग ११७ रनको साझेदारी गरे। एक समय सुदूरपश्चिमले २०० रन बनाउने संकेत देखाएको थियो। तर, उनी आउट भएसँगै सुदूरपश्चिमले तीन ओभरमा तीन विकेट गुमायो। ३१ बलमा एक चौका र तीन छक्कासहित ४१ रन बनाएका विनोदलाई ललितले बोल्ड गरे। ब्रान्डन म्याकमुलन र हर्मित सिंह समान १४ रनमा पभिलियन फर्किए।

त्यसपछि क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरी नौ, आरिफ शेख एक र नरेश बूढाऐर आठ रननमा क्याच आउट भए। जनकपुरका मोहम्मद मोहसिन र किशोरम महतोले समान तीन विकेट लिए। जिमी निसम र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट