आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भिल्लालाई ६८ वर्षपछि उपाधि जित्ने मौका

आइतबार, १७ चैत्र २०८१खेलपाटी संवाददाता
भिल्लालाई ६८ वर्षपछि उपाधि जित्ने मौका
Loading ad...
mustang rice ad

काठमाडौं। एस्टन भिल्लाले सन् १९९६ पछि कुनै ठूलो उपाधि जितेको छैन।

तर, यस सिजन ६८ वर्षपछि एफए कप जित्ने राम्रो मौका मिलेको छ। यसपटक इङ्लिस प्रिमियर लिगका थुप्रै ठूला टोलीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन्।

तर, भिल्ला मार्कस रासफोर्डको पहिल गोलसँगै प्रेस्टनलाई ३–० ले पराजित गर्दै सन् २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनलमा प्रवेश गरेको छ।

 म्यानचेस्टर युनाइटेडबाट फेब्रुअरी २ मा ऋण सम्झौतामा रासफोर्ड भिल्ला आएका थिए। उनले आफ्नो करियर पुनःउत्थान गर्दै इङ्ल्यान्डको टोलीमा पनि पुनरागमन गरेका छन्। हालै सम्पन्न विश्वकप छनोट खेलमा उनले अल्बानिया र लाट्भियाविरुद्ध इङ्ल्यान्डको सुरुआती टोलीमा स्थान बनाएका थिए।

रासफोर्डले खेलको ५८औं मिनेटमा लुकास डिग्नेको क्रसमा ट्याप गर्दै पहिलो गोल गरे। त्यसपछि ६३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै भिल्लालाई दुई गोलको अग्रता दिलाए। ७१औं मिनेटमा ज्याकोब राम्जीले तेस्रो गोल गर्दै भिल्लालाई सहज जित दिलाए।

शनिबार क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले सेमिफाइनल प्रवेश गरिसकेका छन्। अब भिल्लाले फाइनलमा स्थान बनाउन क्रिस्टल प्यालेसलाई चुनौती प्रस्तुत गर्नेछ। नटिङ्घम फरेस्टले भने बर्नमाउथ र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ।

यदि सिटी पराजित भएमा एस्टन भिल्ला प्रतियोगिताको प्रमुख दावेदार बन्ने छ। क्लबले स्पेनिस प्रशिक्षक उनाई एमरीको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।

भिल्लाले सात पटक एफए कप जितेको छ। तर, सन् १९५७ पछि उपाधि उचाल्न सकेको छैन। क्लब पछिल्लो पटक सन् २०१५ को फाइनलमा आर्सनलसँग ४–० ले पराजित भएको थियो।

प्रेस्टन एफए कप क्वार्टरफाइनलमा पुग्ने एक मात्र गैरप्रिमियर लिग क्लब थियो। क्लबले सन् १९६५–६६ पछि पहिलो पटक क्वार्टरफाइनल खेलेको हो।

एफए कप सेमिफाइनलका खेल वेम्बली स्टेडियममा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक