नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने
शुक्रबार, २७ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग दुई खेलको टी–२०आई सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार यी दुईई सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने जानकारी दिएको हो।
यी सिरिज २० र २१ अप्रिलमा हुने तय छ। नेपाल र युएई ११ पल्ट यो फर्म्याटमा आमुन्नेसामुन्ने भएका छन्। तीमध्ये ६ खेलमा नेपाल विजयी भएको छ।
अन्तिमपल्ट यी दुई टी–२० आई विश्वकप छनोटमा भिडेका थिए। उक्त खेलमा नेपाल १ रनले विजयी भएको थियो।









-1775788668970.webp&w=3840&q=75)


