शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुम्बईको मैदानमा बैंग्लोरको जित

सोमबार, २५ चैत्र २०८१खेलपाटी संवाददाता
मुम्बईको मैदानमा बैंग्लोरको जित
Loading ad...
mustang rice ad

काठमाडौं। तिलक बर्मा र कप्तान हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङका बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो हार बेहोरेको छ।

मुम्बईको घरेलु मैदानमा सोमबार सम्पन्न खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोर १२ रनले विजयी भएको हो। पाँचपल्टको आइपिएल विजेता मुम्बईलाई पराजित गरेको बैंग्लोरले चार खेलबाट ६ अंक बटुलेको छ।

बैंग्लोर तेस्रो स्थानमा यथावत छ। समान खेलबाट दुई अंक जोडेको मुम्बई आठौं स्थानमा छ। बैंग्लोरले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो। मुम्बईका तिलकले सर्वाधिक ५६ रन बनाए। २९ बल खेलेका उनले समान चार चौका र छक्का प्रहार गरे।

हार्दिकले १५ बलमा तीन चौका र चार छक्का प्रहार गरे। यी दुईले पाँचौं विकेटका लागि ३४ बलमा ८९ रनको साझेदारी गरेका थिए। यद्यपि, यी दुईको आक्रामक ब्याटिङले मुम्बईलाई दोस्रो जित दिलाउन सकेनन्।

मुम्बईले अन्तिम तीन ओभरमा चार विकेट गुमाएको थियो। मुम्बईका विल ज्याक २२ रनमा आउट हुँदा मुम्बईको खातामा रोहित शर्मा र र्‍यान रिकेल्टनले समान १७ रनको योगदान दिए।

बैंग्लोरका क्रुनाल पाण्ड्याले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए। यश दयाल र जोश हजलवुडको नाममा समान दुई विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लोरले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको थियो। बैंग्लोरका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए। ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे।

जारी प्रतियोगितामा उनले बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेका थिए।

कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रन बनाए। देवत्त पडिक्कर ३७ रनमा आउट हुँदा जीतेश शर्मा ४० रनमा अविजित रहे। मुम्बईका ट्रेन्ट बोल्ड र कपतान हार्दिक पाण्ड्याले समान दुई विकेट लिए। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक