सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘नेयमार फिट भए समस्या छैन’

शनिबार, २८ भाद्र २०८२Admin User
‘नेयमार फिट भए समस्या छैन’
Loading ad...
mustang rice ad

काठमाडौं। बायाँ खुट्टाको चोटका कारण सन् २०२३ को अक्टोबरयता ब्राजिलको जर्सीमा नदेखिएका नेयमार अझै राष्ट्रिय टोलीमा फर्कन सकेका छैनन्।

ब्राजिलको इतिहासमै सर्वाधिक ७९ गोल गरेका नेयमार यसबीच आफ्नै बाल्यकालको क्लब सान्तोसबाट पुनरागमन गरेका थिए। तर, प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा अहिलेसम्म ब्राजिलको टोलीमा स्थान पाएका छैनन्।

एन्सेलोको नेतृत्वमा गत मार्चदेखि खेलेका ६ वटा विश्वकप छनोट खेलमा पनि चोटका कारण नेयमार बाहिरै रहनुपर्‍यो। सेप्टेम्बरमा सम्पन्न दुई खेलको स्क्वाडमा समेत उनको नाम थिएन। नेयमारले आफूलाई ‘टेक्निकल कारण’ ले बाहिर राखिएको दाबी गरे पनि एन्सेलोले त्यसलाई अस्वीकार गर्दै स्पष्ट रूपमा भनेका छन्- टोलीमा स्थान पाउन फिटनेस नै निर्णायक हुन्छ।

हालै इएसपिएन ब्राजिलसँग कुरा गर्दै एन्सेलोले भने,‘नेयमारको प्रतिभा कसैले शंका गर्दैन। तर, आधुनिक फुटबलमा त्यो प्रतिभा उपयोग गर्न शारीरिक रूपमा फिट हुनु जरुरी छ। उनी पूर्ण रूपमा फिट भए राष्ट्रिय टोलीमा फर्कन कुनै समस्या छैन।’

उनले आगामी विश्वकपमा नेयमारले ब्राजिलको लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गरे। ‘तयारीका लागि अझै समय छ मैले उनलाई भनेको छु। राम्रो तयारी गरेर विश्वकपमा जाउँ, र त्यहाँ टोलीलाई उत्कृष्ट अवस्थामा पुर्याउन मद्दत गर,’ एन्सेलोटीले थपे।

नेयमार प्रायः विङरको भूमिकामा खेल्ने गर्छन्। तर, एन्सेलोटीको दृष्टिमा उनी ‘एटाकिङ मिडफिल्डर’ वा ‘सेन्ट्रल स्ट्राइकर’ पोजिसनमा अझै उपयोगी बन्न सक्छन्। तर, त्यसका लागि आवश्यक शारीरिक क्षमतामा सुधार गर्नुपर्ने उनको सुझाव छ।

ब्राजिलले गत जुनमै विश्वकपको मुख्य चरणमा स्थान सुरक्षित गरिसकेको छ। त्यसपछि सेप्टेम्बरमा चिलीविरुद्ध ३–० को जित निकाल्दा बोलिभियासँग भने ०–१ ले हार बेहोरेको थियो। अब बाँकी तयारीका लागि केही मैत्रीपूर्ण खेल हुनेछन्, जसमा मौका पाए नेयमारले राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्नेछन्।

यसैबीच, प्रशिक्षक एन्सेलोटीको भविष्यबारे पनि चर्चा सुरु भएको छ। उनले एक वर्षका लागि मात्रै ब्राजिलसँग सम्झौता गरेका छन्। तर, उनले संकेत गरेका छन्, ब्राजिल फुटबल महासंघ (सीबीएफ) चाहन्छ भने आफू २०३० को विश्वकपसम्म पनि रहन तयार छन्।

‘म यहाँ खुसी छु, मेरो परिवार पनि खुसी छ। विस्तारको कुरा गर्न समय छ, तर म ब्राजिलसँग दीर्घकालीन रूपमा पनि काम गर्न तयार छु,’ उनले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो