माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल
मंगलबार, ३१ भाद्र २०८२

काठमाडौं। भारतले साफ यु–१७ च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ।
कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा मंगलबार सम्पन्न समूह ‘बी’को पहिलो खेलमा माल्दिभ्समाथि ६–० को जित दर्ता गरेको हो।
भारतको जितमा डल्लामुवन गाङ्तेले दुई गोल गरे। ऋषिकेश छरण, कामगोहाउ डोउङ्गेल, गुनलेइबा वाङखेइराकपम र आजीम पर्भीज नजरले समान एक थपे गोल गरे। जितसँगै भारतले ३ अंक जोडेको छ।













