सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जिदानका छोराले रोजे फरक बाटो

शनिबार, ०४ आश्विन २०८२
जिदानका छोराले रोजे फरक बाटो
Loading ad...
mustang rice ad

काठमाडौं। फुटबलको संसारमा जिदान भन्ने शब्द उच्चारण हुनेबित्तिकै सम्झना आउँछ—सन् १९९८ को विश्वकप फाइनल, ब्राजिलविरुद्धका दुई ऐतिहासिक गोल, रियल माड्रिडलाई तीन पटक लगातार च्याम्पियन्स लिग जिताउने प्रशिक्षक।

नम्बर १० को निलो जर्सीमा फ्रान्सलाई पहिलोपटक विश्वकप जिताउने र खेलमैदानलाई जादुई कलाले सजाउने नाम हो, जिनेदिन जिदान। तर, यही जिदान परिवारको अर्को पुस्ताले फरक मोड रोजेको छ।

जिदानका चार छोरामध्ये दोस्रो २६ वर्षे लुका जिदानले आफ्नो अन्तर्राष्ट्रिय करिअरका लागि फ्रान्स होइन, पूर्वजहरूको मातृभूमि अल्जेरियालाई रोजेका छन्। यससँगै विश्व फुटबलका महानतम खेलाडीमध्ये एकको वंशजले रगतप्रति निष्ठा जनाउँदै नयाँ इतिहास लेख्ने संकेत दिएका छन्।

फ्रान्सको मार्सेइमा जन्मिएका लुकाले रियल मड्रिडकै एकेडेमीबाट खेल जीवन सुरु गरेका थिए। उनले दुई खेलमा मड्रिडको सिनियर टोलीको प्रतिनिधित्व गरे। त्यसपछि रायो भालेकानो हुँदै ला लिगासम्म खेले। तर, उनको करिअर कहिल्यै स्थिर हुन सकेन।

सन् २०२२ मा उनी स्पेनकै सेगुन्दा डिभिजन ( दोस्रो डिभिजन) अन्तर्गत ग्रानाडा क्लबबाट खेलिरहेका छन्। तर, लुकाको जीवनमा सबैभन्दा ठूलो मोड अहिले आएको छ।

उमेरसमूहमा फ्रान्सको जर्सी लगाएका उनले अब सिनियर स्तरमा अल्जेरियाको राष्ट्रिय टोली रोज्ने घोषणा गरेका छन्। फिफाले मान्यता दिँदै गरेको यस निर्णयले उनलाई २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपसम्म पुर्‍याउने सम्भावना बढाएको छ।

अल्जेरिया अहिले छनोट चरणमा छ र सोमालियाविरुद्धको जितले विश्वकपमा स्थान पक्का गरिदिनेछ। लुकाको यो रोजाइले बाबुको अधुरो कथा जस्तो पनि अनुभूति गराउँछ।

जिदानलाई पनि अल्जेरियाको जर्सीमा खेल्ने अवसर थियो। तर, उनले फ्रान्स रोजे र त्यहीँबाट सन्न्यास लिए। उनले नै गौरव हासिल गरेको मुलुककै छेउमै लुका आफ्नै दाजुभाइहरूभन्दा अलग बाटोमा हिँड्दैछन्।

जेठा छोरा एन्जो पहिले नै फुटबलबाट बिदा लिइसकेका छन्। एलियाज र थियो अझै खेलिरहेका छन्, तर कोही पनि बुबा जिदान जसरी चम्किन सकेका छैनन्। त्यसैले लुकाको यो निर्णय फुटबल रोजाइ मात्र होइन, आफ्नो पहिचान र देश प्रेमप्रति पुनःसमर्पण जस्तै बनेको छ।

फ्रान्समा जन्मेहुर्के पनि जिदान परिवारको सम्बन्ध अल्जेरियाको काबाइली क्षेत्रमा जोडिएको छ। त्यही विरासत पछ्याउँदै लुकाले घोषणा गरेका छन्– अब आफ्नो भविष्यको यात्रा हरियो र सेतो झण्डामुनि हुनेछ।

स्मरणीय छ, जिदानले १९९८ को विश्वकप फाइनलमा दुई गोल गर्दै फ्रान्सलाई उपाधि दिलाएका थिए। तर, २००६ को फाइनलमा माते–राज्जीलाई हेडबट गरेर रातो कार्ड खाँदै मैदान छाडेका थिए। त्यो घटना उनको करिअरको सबैभन्दा विवादास्पद तर स्मरणीय क्षण बनेको छ।

अब प्रश्न एउटै छ– के लुकाले पनि बुबालेजस्तै विश्वकपको मञ्चमा छाप छोड्न सक्नेछन्? त्यसको उत्तर भविष्यले दिनेछ। तर, अहिले भने फुटबलले फेरि एकपटक देखाएको छ– जहाँ हुर्के पनि युवाले देशप्रेम कहिल्यै बिर्सिँदैनन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट