बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं। बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ।
ललितपुरको लगनखेल स्थित बुद्धि विकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीहरूलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ। नेपालका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी गौचन र जापानबाट आउन लागेका जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिने छन्।
उनीहरूको साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित स्थानीय प्रशिक्षकहरू पनि रहने एकेडेमीले जनाएको छ। ओगुरा जेएफएको सर्टिफाइड लेभल टु इन्स्ट्रकर हुन्। उनी जे लिगको क्लब सोनम बेलमेरको ३ वर्ष यू–१३ का प्रशिक्षक थिए।
ओगुराले सन् २०१५ देखि विभिन्न स्कुल, एकेडेमीलाई प्रशिक्षण दिँदै आएका छन्। उनी जापानको टोकियोमा अवस्थिति फनरुट्स फुटबल एकेडेमीमा पनि आबद्ध छन्। बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउँसो २ बजेदेखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई ३ दिने प्रशिक्षण दिने एकेडेमीले जनाएको छ।
एक समय नेपाली फुटबलका ढुकढुकी रहेका गौचनले ३ वर्षअघि आफ्नो नाममा फुटबल एकेडेमी खोल्दै बाल र युवा फुटबल खेलाडीहरूलाई प्रशिक्षण दिँदैं आएको छ। पछिल्लो साढे दुई दशकदेखि गौचन जापानलाई कर्मथलो बनाउँदै विभिन्न फुटबल प्रशिक्षणमा आबद्ध छन्।
गौचनको पहलमा पछिल्लो दशक यता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)