‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे
-1765441425596.webp&w=3840&q=75)
काठमडौं। रियल मड्रिडका स्टार स्ट्राइकर किलियन एमबाप्पे च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध २–१ को हारमा एक क्षणका लागि पनि मैदानमा ओर्लिएनन्।
उनले २५ गोल गरिसकेका छन्। उत्कृष्ट फर्ममा रहेका एमबाप्पे बुधबार बर्नबाउमा ‘अनयुज्ड सब्स्टिट्यूट’को रूपमा बसे। प्रशिक्षक जाबी अलोन्सोले उनलाई सामान्य घुँडाको चोटका कारण एमबाप्पेलाई बेन्चमै राखिएको बताएर
तर, उनी आइतबार हुने ला लिगा खेलमा अलाभेसविरुद्ध खेल्न सक्ने–नसक्ने अहिले नै निश्चित नभएको अलोन्सोले जानकारी दिए। ‘दिनप्रतिदिन मूल्यांकन गर्छौं। आज उनी फिट थिएनन्, होइन भने खेल्थे,’ अलोन्सोले भने,‘हामीले उनलाई मिस गर्यौं, तर उनीबिनै पनि पर्याप्त अवसर निकालेका थियौं।’
पहिलो हाफमा सिटीले बराबरी गोल गर्दा एमबाप्पे बेन्चबाटै असन्तुष्ट देखिए। एन्टोनियो रुडिगरमाथि भएको सम्भावित फलका विषयमा उनी चौथो अधिकारीसँग गुनासो गरिरहे। बर्नबाउमै भएको हारसँगै अलोन्सोमाथिको दबाब झन् बढेको छ।
मड्रिडले पछिल्ला आठ खेलमध्ये दुईमा मात्र जित निकालेको छ। घरेलु लिगमा पनि आइतबार सेल्टा भिगोविरुद्ध २–० ले पराजित भएको थियो। हालै दायाँ खुट्टाको चोटका कारण फ्रान्सका लागि खेल्न नसकेका एमबाप्पेको केही दिनअघि बाँया हातको औंला पनि भाँचिएको थियो।
मंगलबार उनले टोलीभन्दा अलग प्रशिक्षण गरेका थिए। यसैबीच, मड्रिडले सिटीविरुद्ध गोन्जालो गार्सियालाई अग्रपंक्तिमा उतारेको थियो। उनलाई ५८औं मिनेटमा अरदार गुलरले प्रतिस्थापन गरे। त्यसपछि डानी सेबालोसको स्थानमा ६७औं मिनेटमा ब्राहिम डियाज र ७९औं मिनेटमा राउल आसेन्सियोको स्थानमा एन्ड्रिक मैदान छिरे।
एमबाप्पे खेलभरि बेन्चमै बसिरहे। उनले तातो हुने गरी वर्मअपसम्म पनि गरेनन्।






-1765462956105.jpeg&w=3840&q=75)



-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)