नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य
सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एसीसी यु–१९ एसिया कपको दोस्रो खेलमा बंगलादेशलाई १३१ रनको सामान्य लक्ष्य दिएको छ।
द सेभेन्स स्टेडियम, दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको हो।
नेपालका अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए। ४३ बल खेलेका उनले २ छक्का प्रहार गरे। आशिष लोहार २३, साहिल पटेल १८ र नीरजकुमार यादव १४ रनमा आउट भए। अन्यको ब्याटिङ भने राम्रो हुन सकेन।
बंगलादेशका मोहम्मद शाबुजले सर्वाधिक ३ विकेट लिए। इस्लाम रजिन, सहरिया अल–अमिन र अजीजुल हकिम तमिमले समान २ विकेट राखे।












-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)
