को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) को मिनी अक्सनमा प्रशान्त वीरले इतिहास रचेका छन्। चेन्नई सुपर किङ्सले उनमा १४ करोड २० भारु (नेपाली झन्डै २२ करोड २० लाख रुपैयाँ)मा भित्र्याएको हो।
उनी आइपीएलमा बिक्ने सबैभन्दा महँगो अनक्याप्ड खेलाडी हुन्। चेन्नईले हालै रविन्द्र जडेजालाई राजस्थान रोयल्सबाट ट्रेड गरेको थियो। टोलीलाई जडेजाको विकल्प चाहिएको थियो। २० वर्षीय प्रशान्त वीर त्यो भूमिकाका लागि उपयुक्त मानिएका छन्।
उत्तर प्रदेशको अमेठी जिल्लाका एक शिक्षामित्रका छोरा प्रशान्त बायाँहाते स्पिनर हुन्। उनी तल्लो मध्यक्रममा छिटो रन बनाउने क्षमताका लागि परिचित छन्। यसको स्पष्ट उदाहरण यस वर्षको युपी टी–२० लिगलाई लिन सकिन्छ।
उनले १० इनिङ्समा ६४.०० को उत्कृष्ट औसत र १५५.३४ को स्ट्राइक रेटमा ३२० रन बनाए। साथै, ६.७६ को इकनोमीमा बलिङ गर्दै ७ इनिङ्समा ९ विकेट पनि लिए।
यसअघि उनले युपी टी–२० लिगका २०२३ र २०२४ संस्करणमा पनि ब्याट र बल दुवैबाट राम्रो प्रदर्शन गरेका थिए। सोही कारण उनी उत्तर प्रदेशको सैयद मुश्ताक अली ट्रफी टोलीमा छनोट भएका थिए। यद्यपि, त्यतिबेला उनलाई मात्र दुई खेल खेल्ने अवसर मिल्यो र खास प्रभाव छोड्न सकेनन्।
तर, यस वर्ष युपी टी–२० लिगमा देखाएको दमदार प्रदर्शनका कारण उनले राज्य टोलीमा पुनरागमन गरे र रणजी ट्रफीमा डेब्यु गरे। यही प्रदर्शनपछि चेन्नाईसहित धेरै टोलीहरूले उनलाई ट्रायलका लागि बोलाएका थिए।
हालै सम्पन्न सैयद मुश्ताक अली ट्रफीको समयमा उनी उत्तर प्रदेश अन्डर–२३ टोलीबाट बीसीसीआईको लिस्ट ‘ए’ प्रतियोगिता खेलिरहेका थिए। यस क्रममा उनी लगातार कोलकाता र मुम्बई यात्रा गरिरहेका थिए।
उनले युपीको सिनियर टोलीबाट कोलकातामा सैयद मुश्ताक अली ट्रफी खेलिरहेको थियो भने अन्डर–२३ टोली मुम्बईमा अन्डर–२३ ‘ए’ प्रतियोगितामा सहभागिता जनाएका थिए।
यस अवधिमा उनले ६ इनिङ्समा ३७.३३ को औसत र १६९.७० को स्ट्राइक रेटमा ११२ रन बनाए। बलिङतर्फ ६.७६ को इकनोमीमा ७ इनिङ्समा ९ विकेट लिए।
अन्डर–२३ प्रतियोगितामा त उनले झन् सानदार प्रदर्शन गर्दै ९४ को औसत र १२८.७६ को स्ट्राइक रेटमा ३७६ रन बनाए र १८ विकेट लिँदै ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित भए।
उत्तर प्रदेश टोली उक्त प्रतियोगितामा उपविजेता बनेको थियो। फाइनलमा प्रशान्तले ६५ बलमा ८७ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए।











