यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

काठमाडौं। उजैरुल्लाह नियाजाईको अर्धशतकसँगै नेपाल एसीसी यु–१९ एसिया कपको अन्तिम खेलमा पनि पराजित भएको छ।
यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
योसँगै नेपाल जितविहीन रह्यो। नेपाल यसअघि नै श्रीलंकासँग ८ र बंगलादेशसँग ७ विकेटले पराजित भइसकेको थियो। यी हारसँगै नेपाल एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएको थियो।
अफगानिस्तानले भने समूह ‘बी’ मा २ अंक जोड्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ। यस समूहबाट समान ४ अंक जोडेका श्रीलंका र बंगलादेशले यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
अफगानिस्तानलाई जित दिलाउन नियाजाईले सर्वाधिक ६१ रन बनाए। ५९ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे।
उस्मान सादत २८ र फैसल सिनोजादा १३ रनको योगदान दिँदा महबुब खान र अजिजुल्लाह मियाखिल समान ११ रनमा अविजित रहे।
नेपालका अभिषेक तिवारी र अशोक धामीले समान १ विकेट लिए। त्यसअघि दुबईको द सेभेन्स् स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो।
नेपालका दिलसद अलीले सर्वाधिक ३२ रन बनाए। चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रनको योगदान दिए।
अफगानिस्तानका जैतुल्लाह शाहीनले सर्वाधिक ३ विकेट लिए।









%20(1)-1765977079083.jpeg&w=3840&q=75)

%20(2)-1765947464452.png&w=3840&q=75)
