बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाको उद्धारकर्ता यमल !

बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता
बार्सिलोनाको उद्धारकर्ता यमल !
Loading ad...
mustang rice ad

काठमाडौं। लामिन यमलले फेरि एकपटक बार्सिलोनालाई उद्धार गरेका छन्।

एक गोल र एक असिस्टसहित यमलको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले कोपेनहेगनविरुद्ध पुनरागमन गर्दै च्याम्पियन्स लिगको लिग चरणमा शीर्ष आठ मा स्थान पक्का गरेको छ।

बुधबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ४–१ को जित निकाल्दै तालिकाको पाँचौं स्थानमा रहेर सिधै अन्तिम १६ (राउन्ड अफ सिक्सटिन) मा स्थान बनायो।

‘म्यान अफ दी म्याच’ घोषित यमलले खेलपछि भने,-बाल्यकालमा यस्तो खेल्ने र जित्ने सपना देखिन्छ। आजको रात अद्भुत रह्यो र हामीले हाम्रो लक्ष्य हासिल गर्यौं।’

खेलको सुरुआतमा भने कोपेनहेगनले चकित पार्‍यो। खेलको चौथो मिनेटमै १७ वर्षीय भिक्टर डाडासन ले काउन्टर अट्याकबाट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

तर, दोस्रो हाफमा यमलले खेलको दिशा बदलिदिए। उनले ४८औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीको गोलमा असिस्ट गरे र ६०औं मिनेटमा आफैं निर्णायक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

बक्सको दायाँ किनाराबाट हानेको उनको कर्लिङ सट डिफेन्डरलाई लाग्दै टाढाको पोस्ट नजिकै जाली चुमेको थियो। बार्सिलोना प्रशिक्षक हान्सी फ्लिक ले यमलको खुलेर प्रशंसा गरे।

‘उनीसँग सधैं दुई–तीन जना खेलाडी लागिरहेका हुन्छन्, त्यसैले उसले आफूलाई निरन्तर अनुकूल बनाउनु पर्छ। आज पहिलो गोलमा उनको गति र खाली ठाउँमा आक्रमण सानदार थियो। उनले डिफेन्समा पनि कडा मिहिनत गरे। उनी अद्भुत गुणस्तरका खेलाडी हुन्,’ फ्लिकले भने।

पछि राफिन्हा र मार्कस रासफोर्डले थप गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। यो जितसँगै बार्सिलोनाले सबै प्रतियोगिता मिलाएर पछिल्ला १५ खेलमध्ये १४ जित निकालेको छ।

१८ वर्षीय यमल पछिल्ला केही वर्षयता बार्सिलोनाका सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा उभिँदै आएका छन्। यो खेलमा पनि उनले आफूलाई फेरि प्रमाणित गरे।

अर्कोतर्फ, डाडासनको गोलले च्याम्पियन्स लिगमा अर्क इतिहास रच्यो। १८ वर्ष पूरा हुनुअघि गरिएको उनको तेस्रो गोल हो। यमल भने १८ वर्षअघि नै प्रतियोगितामा ५ गोल गर्ने गोलकर्ता बनेका छन्।

कोपेनहेगन भने ३६ टोली सहभागी लिग चरणमा ३१औं स्थान मा रहँदै आफ्नो अभियान समाप्त गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने