बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सलाहको बलियो पुनरागमन

बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता
सलाहको बलियो पुनरागमन
Loading ad...
mustang rice ad

काठमाडौं। मोहम्मद सलाहले लिभरपुलमा आफ्नो पुनरागमनलाई अझ मजबुत बनाउँदै च्याम्पियन्स लिगमा गोल फर्काएका छन्।

बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले कराबागलाई ६–० ले पराजित गर्दा सलाहले नोभेम्बरको सुरुदेखि पहिलो पटक गोल गरे।

इजिप्टियन विंगरले खेलको ५०औं मिनेटमा फ्रिकिकबाट सुन्दर कर्लिङ सटमार्फत गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए। यस जितसँगै ३६ टोली सहभागी लिग चरणमा लिभरपुल तेस्रो स्थानमा रहँदै सिधै अन्तिम १६ (राउन्ड अफ सिक्सटिन) मा छनोट भयो।

सन् २०१७ देखि लिभरपुलका मुख्य स्टार रहँदै आएका सलाहको भविष्य पछिल्लो समय अन्योलमा परेको थियो। डिसेम्बरको सुरुमा प्रशिक्षक आर्ने स्लटले लगातार तेस्रो खेलमा बेन्चमा राखेपछि सलाहले असन्तुष्टि जनाएका थिए।

त्यसपछि अफ्रिका कप अफ नेसन्स खेल्न मोरोक्को गएका सलाह प्रतियोगिताबाट फर्किएपछि लगातार तीन खेलको सुरुआती ११ मा परेका छन्। कराबागविरुद्धको गोल नोभेम्बर १ मा एस्टन भिल्लाविरुद्ध गोल गरेयताको उनको पहिलो गोल हो।

यो जितसँगै लिभरपुल प्ले–अफ खेल्नुपर्ने झन्झटबाट जोगिएको छ। गत सिजन पनि लिभरपुल लिग चरणमा शीर्ष स्थानमा रहे पनि अन्तिम १६ मा पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग भिड्नुपरेको थियो।

उक्त खेल पेनाल्टी सुटआउटमा हार्दा लिभरपुल बाहिरिएको थियो। पीएसजीले अन्ततः पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

कराबागविरुद्ध दुई गोल गरेका एलेक्सिस म्याक एलिस्टरले भने,‘फेरि शीर्ष आठमा पर्न पाउनु राम्रो हो। तर, गत सिजन सम्झिँदा अलि डर पनि लाग्छ। किनकि हामी शीर्षमै रहेर पनि पीएसजी पर्‍यौं। अगाडिको चरण सजिलो हुने छैन। तर, यहाँसम्म आइपुग्नु नै राम्रो उपलब्धि हो।’

अब अन्तिम १६ मा लिभरपुलले क्लब ब्रुग, गालातासाराय, युभेन्ट्स वा एट्लेटिको मड्रिडमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने