बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता
बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’
Loading ad...
mustang rice ad

काठमाडौं। बालोन डी’ओर विजेता उस्मान डेम्बेलेका लागि बुधबार राति निराशाजनक रह्यो।

प्रारम्भिक पेनाल्टी र नजिकबाट आएको सुनौलो अवसर गुमाउँदा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगमा न्युक्यासलसँग १–१ को बराबरी खेल्नुपर्‍यो।

यस बराबरीसँगै दुवै टोली लिग तालिकाको शीर्ष आठ बाहिर रहेर सिधै अन्तिम १६ मा पुग्न असफल भए। अब पीएसजी र न्युक्यासल दुवैले प्ले–अफ खेलेर अर्को चरणको टिकट काट्नुपर्नेछ।

खेल सुरु भएको एक मिनेट नपुग्दै पीएसजीले पेनाल्टी पाएको थियो। ब्राडली बार्कोलाले बायाँ पाखाबाट डिफेन्स भत्काउँदै अघि बढ्दा बल डिफेन्डरसँगको ट्याकलपछि बार्कोलाको हातमा लाग्दै पछाडि रहेका लुइस माइलीको हातमा ठोक्किएको थियो।

ह्यान्डबल अनायास देखिए पनि छोटो भीएआर समीक्षा पछि रेफ्री स्लाभ्को भिन्चिचले पेनाल्टी दिए। तर, डेम्बेलेले दायाँ कुनामा प्रहार गरेको बललाई गोलकिपर निक पोपले सानदार बचाउ गरे।

पीएसजीले भने आठौं मिनेटमा अग्रता लियो। ख्भिचा क्वारात्स्खेलियाको पासमा पेनाल्टी क्षेत्रको छेउबाट भिटिन्हाले कर्लिङ सटमार्फत गोल गरे। गत सिजन सबै प्रतियोगिता मिलाएर ३५ गोल गरेका डेम्बेलेले ४०औं मिनेटमा अर्को ठूलो मौका खेर फाले।

बायाँ पाखाबाट आएको क्रसमा उनले १० मिटर दूरीबाट हानेको बल क्रसबारमाथिबाट बाहिर गयो। पहिलो हाफको इन्जुरी समयमा जो विलकले गोल गर्दै न्युक्यासललाई बराबरीमा फर्काए।

खेलको अन्त्यतिर वैकल्पिक खेलाडी हार्भी बार्न्सले पाहुना टोलीका लागि जित दिलाउने अवसर गुमाए। बराबरीसँगै पीएसजी र न्युक्यासल दुवै टोलीको सिधा अन्तिम १६ यात्रा रोकिएको छ। अब उनीहरूलाई प्ले–अफको कठिन बाटो पार गर्नुपर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने