बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता
रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !
Loading ad...
mustang rice ad

काठमाडौं। इन्जुरी समयको अन्तिम क्षणमा पाएको फ्रिकिकले च्याम्पियन्स लिगमा अविस्मरणीय क्षण जन्मायो।

बेन्फिकाका प्रशिक्षक जोसे मोरिन्होले फ्रिकिक लिनुअघि गोलकिपर अनातोली त्रुबिनलाई पेनाल्टी बक्समा जान संकेत गरे। त्यसको केही क्षणमै इतिहास बन्यो।

फ्रिकिकबाट आएको क्रसमा त्रुबिनको हेडर गोलले बेन्फिकालाई रियल मड्रिडविरुद्ध ४–२ को जित दिलायो। यो गोलसँगै आवश्यक गोलअन्तर पूरा गर्दै पोर्चुगिज क्लब च्याम्पियन्स लिगको नकआउट चरण (शीर्ष २४) मा प्रवेश गर्न सफल भयो।

‘हामीलाई के चाहिएको हो भन्ने मलाई थाहा थिएन,’ त्रुबिनले खेलपछि भने,‘सबैले मलाई अगाडि जान भनिरहेका थिए। प्रशिक्षकलाई पनि भने। त्यसपछि बक्समा गएँ। त्यसपछि के भयो भन्नै सक्दिनँ। पागलपन क्षण थियो। म गोल गर्न अभ्यस्त छैन। २४ वर्षको उमेरमा यो मेरो पहिलो गोल हो, अविश्वसनीय।’

यो गोलले मोरिन्होको पूर्वक्लब रियल शीर्ष आठबाट पुग्न असफल रह्यो। योसँगै स्पेनी जायन्ट सिधै अन्तिम १६ मा पुग्न असफल भयो र अब प्ले–अफ खेल्नुपर्नेछ।

मोरिन्होले भने,‘३–२ ले पुग्छ कि पुग्दैन मलाई थाहा थिएन। कुनै संकेत थिएन। त्यसैले फ्रिकिक पाउँदा मैले त्रुबिनलाई अगाडि पठाएँ। यो जित ऐतिहासिक छ, विशेष गरी प्रतिष्ठाको हिसाबले अत्यन्त महत्वपूर्ण।’

गोल गरेपछि त्रुबिन मिडफिल्डतर्फ दौडिएर घुँडाले स्लाइड गर्दै उत्सव मनाए। उनका सहकर्मी खेलाडीहरूले उनलाई घेरेर खुसी साटे। बेन्चनजिक मोरिन्हो पनि दौडिए र समर्थकतर्फ फर्किँदै जोशपूर्ण रूपमा उत्सव मनाए।

पछि साथीहरूले काँधमा उचाल्दा त्रुबिनले आकाशतर्फ औंला देखाए। ‘हामीलाई थाहा थियो उसले यो गर्न सक्छ,’ मोरिन्होले थपे,‘केही हप्ता अघि पोर्टोविरुद्ध पनि अन्तिम क्षणमा ऊ माथि गएको थियो र झन्डै गोल गरेको थियो। ठूलो मान्छेले यस्तो गर्न सक्छ भन्ने हामीलाई थाहा थियो। तर, बलको गुणस्तर सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यो अद्भुत गोल हो।’

खेलपछि रियलका गोलकिपर थिबो कर्टुवासमेत त्रुबिनलाई बधाई दिन पुगे। बेल्जियन अन्तर्राष्ट्रिय गोलकिपरले मुस्कुराउँदै बेन्फिकाका नायकलाई अँगालो हाले।

यूईएफएका अनुसार त्रुबिन च्याम्पियन्स लिगको मुख्य प्रतियोगितामा गोल गर्ने पाँचौं गोलकिपर बनेका छन्। यसअघि सन् २०२३ मा लाजियोका इभान प्रोभेडेल ले एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका थिए।

एस्टाडियो दा लुजमा खेलको आठौं मिनेटको इन्जुरी समयमा आएको यो गोल त्यतिबेला भयो, जब रियल मड्रिड नौ खेलाडीमा सीमित थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा राउल एसेन्सियो र चार मिनेटपछि रोड्रिगो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

त्रुबिनलाई गोलतर्फ डोर्याउने फ्रिकिक भने जुड बेलिङ्घमले फ्रेडरिक आउर्सनेस माथि फाउल गरेपछि प्राप्त भएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने