पौडीबाट २० खेलाडी छनोट
बुधबार, ०६ चैत्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट सहभागी हुने पौडी खेलाडीको टुंगो लागेको छ ।
१२ पुरुष र ८ महिला गरी २० खेलाडी छनोट भएको पौडी मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।
पुरुषमा काठमाडौंका निर्भय थापा, जयन्तप्रकाश गुरुङ, राहुल दर्शन, अदिकान्सबहादुर श्रेष्ठ र स्पन्दन शाक्य, ललितपुरका सेरेन सिंह, मोहित शाक्य, इर्भिन श्रेष्ठ, संरक्षण थापा र विवेक महर्जन, दोलखाका रितेश खड्का तथा नुवाकोटका मनोज बखती छनोट भए ।
महिलामा काठमाडौंका लुमना शाक्य, राभ्या श्रेष्ठ, अनु सियाना पन्त, शिलादेवी गुरुङ र आयुक्ति थापा तथा ललितपुरका रोसा न्यौपाने, शिक्षा श्रेष्ठ र जरिया महर्जन छानिए ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)