इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य
-1775446739231.webp&w=3840&q=75)
काठमाडौं। चोटबाट फर्किएका लाउटारो मार्टिनेजसँगै इन्टर मिलान फेरि सिरी ‘ए’ को शीर्ष टोलीजस्तै देखिएको छ।
लाउटारोले फेब्रुअरीपछि पहिलो खेलमै दुई गोल गर्दै आइतबार सान सिरोमा पाहुना टोली रोमाविरुद्ध इन्टरलाई ५–२ को सानदार जित दिलाए। यससँगै इन्टरले सबै प्रतियोगितामा जारी चार खेलको जितविहीन श्रृंखला अन्त्य गरेको छ।
लाउटारोले दोस्रो र ५२औं मिनेटमा गोल गरे। टर्कीलाई विश्वकपमा छनोट गराउन सहयोग गरेका हाकान चाल्हानोग्लु, मार्कस थुराम र निकोलो बरेल्लाले पनि इन्टरका लागि गोल गरे।
रोमाका लागि जियानलुका मान्चिनीले एक समय खेल बराबरीमा ल्याएका थिए। उनी बरेल्लासँगै विश्वकपमा छनोट हुन असफल इटाली टोलीका सदस्य हुन्। त्यसपछि रोमा चार गोलले पछि परेको अवस्थामा लोरेन्जो पेलेग्रिनीले अर्को गोल फर्काए।
अन्तर्राष्ट्रिय विश्रामअघि १० अंकको अग्रता ६ अंकमा झारेको इन्टरले यो जितसँगै पुनः अग्रता बढाउँदै सहर प्रतिद्वन्द्वी एसी मिलानभन्दा ९ अंक र साविक विजेता नापोलीभन्दा १० अंकले अगाडि पुगेको छ। नापोलीले सोमबार मिलानसँग खेल्नेछ।






-1775383382132.jpeg&w=3840&q=75)



-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
