विद्यालय तेक्वान्दो टिम हँगेरी जाने
शनिबार, ३२ जेठ २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । हंगेरीको बुडापेष्टमा आयोजना हुने आईएसएफ स्कुल कम्ब्याट गेममा नेपालका ४ खेलाडीले सहभागीता जनाउने भएका छन् ।
यहिँ जुन १६ देखि २१ गतेसम्म हुने प्रतियोगितामा सहभागीता जनाउने ८ सदस्यीय नेपाली टोलीलाई शुक्रबार विदाई गरिएको छ । नेपाली टोलीलाई राष्ट्रिय तेक्वान्दो संघ–नेपालका अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका सह–संयोजक शिव कोइरालाले विदाई गरे ।
प्रतियोगितामा नेपालसहित, ब्राजिल, चीन, चाइनिज ताइपे, हङ्गेरी, रसिया, युएइ, नेदरल्याण्ड, युक्रेन, अजरबैजान लगायत १८ राष्ट्रले सहभागिता जनाउने छन् ।











-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)