गौरिका हिट चरणबाट बाहिरिईन्
मंगलबार, ०७ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिप अन्तर्गत २ सय मिटर फ्रिस्टायलमा नेपालकी गौरिका सिंह हिट चरणबाटै बाहिरिएकी छिन् ।
ग्वाङझुमा मंगलबार भएको २ सय मिटर फ्रिस्टायलमा गौरिकाले हिट चरणमा २ मिनेट १३ सेकेण्डको समय निकालिन । दोस्रो हिटमा रहेकी गौरिकाले आफ्नो हिटमा भने शीर्ष स्थान हासिल गरेकी थिईन् । तर, समग्रमा गौरिका ४८ औं स्थानमा रहिन् । यस स्पर्धामा कुल ६४ खेलाडी रहेका थिए ।
गौरिकाले प्रदेश पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको यस स्पर्धामा स्वर्ण जितेकी थिईन् ।
फिनामा नेपालबाट महिलामा गौरिकासँगै सोफिया शाहले प्रतिस्पर्धा गरिरहेकी छिन् । पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्जेन्डर शाहले प्रतिस्पर्धा गरिरहेका छन् ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)