कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

काठमाडौं। कान्तिपुर हाफ म्याराथनको १४औं संस्करण आगामी वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ। कान्तिपुर हाफ म्याराथनमा पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ। यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ।
कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहेका छन्। कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ। त्यस्तै, अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने आयोजक कान्तिपुर मिडिया गुप्रले जनाएको छ।
मुख्य विधा रहेको कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउने छन्। त्यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पाउने छन्। पहिलो तीन स्थामा आउनेले ट्रफी र मेडल पनि पाउने छन्।
ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने आयोजकले जनाएको छ। कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन्। यसपटकदेखि दौड पूरा गर्ने सबैलाई मेडल पाउने भएका छन्। एक्स्ट्रिम कलेज रन विजेताले आईपीएलका लागि काठमाडौंदेखि खेलस्थल सम्मका लागि दुई तर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट पाउने आयोजकले जनाएको छ।
कान्तिपुरको कार्यालय रहेको तिनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुदै जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुँदै तीनकुनेमा आएर दौड टुंगिने छ।
कर्पोरेट एन्ड इन्फुलेएन्सर दौड तिनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिने छ। तिनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर फर्केर तीनकुनेमै आएर टुंगिने छ। कलेज रन कोटेश्वर हुँदै तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्कि कोटेश्वर हुँदै तीनकुने आएर टुंगिने आयोजकले जनाएको छ।





-1765118145135.jpg&w=3840&q=75)







-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)