साइपाल र नामीको जित
आइतबार, ०८ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । साइपाल एकेडेमीले तेश्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
साइपालले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ६७–६४ ले पराजित गर्यो । साइपालका सागर लामाले २० अंक जोडे ।
समूह चरणको अन्य खेलमा न्यु जेनिथले ओमेगालाई ४२–३१, इन्साइट भिजनले अरुणिमालाई ७१–४५, नामीले केब्सलाई ५०–४०, जेभियरले जेएमसीलाई ६१–५८ र टाइम्सले अरुणिमालाई ४५–३५ ले हराए ।
न्यु जेनिथका अजय घलेले १५, इन्साइटका रोशन बस्नेतले २५, नामीका तेन्जिङ स्याङतानले ११, जेभियरका सोनाम शेर्पाले २६ र टाइम्सका कमल थापाले १३ स्कोर गरे ।









-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)