२७ चैतदेखि ११औं ओसन कप
-1744388693-1773245134485.avif&w=3840&q=75)
गोरखा। ११औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता २७ चैतदेखि आयोजना हुने भएको छ।
प्रतियोगिता आयोजक द ओसन क्लबले बुधबार प्रतियोगिता २६ चैतदेखि १ वैशाखसम्म गोरखामा रहेको क्लबको कृत्रिम घाँसे मैदानमा सञ्चालन हुने जानकारी दिएको हो।
प्रतियोगितामा देशभरबाट उत्कृष्ट १२ वटा यु–१३ उमेर समूहका टोलीको सहभागिता रहनेछ। गोरखा जिल्ला बाहिरका १० टोली सार्वजनिक आह्वानमार्फत इच्छुक टोलीहरूबाट छनोट गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा एजी १० एकेडेमी ललितपुर, समाज कल्याण खेलकुद केन्द्र क्लब काठमाडौं, जि एन्ड ए एकेडेमी काठमाडौं, घोडाघोडी फुटबल एकेडेमी कैलाली, कटारी टाइगर फुटबल क्लब उदयपुर, नव जनजागृति क्लब सिमरा, पटिहानी फुटबल क्लब चितवन, नारायणगढ फुटबल क्लब चितवन, स्टार स्पोर्ट्स युवा क्लब चितवन तथा द एक्सेलसर स्कुल काठमाडौंले सहभागिता जनाउनेछन्।
गोरखाबाट हिल्ली फिल्डर्स गोरखा एफसी र द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले प्रतिनिधित्व गर्नेछन्। लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा कुल ३९ खेल हुनेछन् भने प्रत्येक टोलीले कम्तीमा पाँच खेल खेल्ने अवसर पाउनेछन्।
प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले १५ हजारमा चित्त बुझाउने छन्। साथै प्लेट च्याम्पियन, फेयर प्ले अवार्ड (अनुशासित टोलीलाई) तथा उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख १२ हजार ७ सय ६० रुपैयाँ लागत अनुमान गरिएको छ।






-1771589331372.jpeg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)