बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला भलिबलकाे स्वर्ण जित्ने लक्ष्य

बुधबार, ११ भाद्र २०७६गिता राई
महिला भलिबलकाे स्वर्ण जित्ने लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासलाई पल्टाएर हेर्दा महिला भलिबलले नेपाललाई तीन पटक काँस्य पदक दिलाईसकेको छ ।

नेपाली भलिबलले साग खेलकुदमा ल्याएको सर्वाधिक ठुलो पदक पनि यहिँ तीन काँस्य हो । पुरुष टिमले अहिलेसम्म पदक ल्याउन सकेको छैन ।

भलिबलले तेस्रो संस्करणबाट सागमा प्रवेश पाएको थियो । पहिलो पटक पुरुष भलिबल मात्र समावेश गरिएको थियो ।

श्रीलंकाको कोलम्बोमा आयोजना भएको पाँचौ सागमा पहिलो पटक महिला भलिबल समावेश गरिएको थियो । तर, नेपाली महिला भलिबल टिमले आठौं सागबाट मात्र प्रतिस्पर्धा जनाउन थाल्यो ।

घरेलु भूमि काठमाडौंमा सन् १९९९ मा भएको आठौं सागमा नेपाली महिला भलिबल टिमले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो । र, महिला टिमले पहिलो सहभागितामै काँस्य पदक जितेर इतिहास रचेको थियो । काँस्यको लागि भएको भिडन्तमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २००४ मा पाकिस्तानको इस्लामावादमा भएको नवौं सागमा भने महिला भलिबललाई सहभागिता गराइएन । तर, सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दशौं सागमा पुन: भलिबललाई सहभागी गराइयो ।

दशौं सागमा पनि नेपाली महिला टिमले काँस्य पदक हात पार्यो । माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेर नेपालले दोस्रो पटक काँस्य जितेको थियो ।

यस्तै सन् २०१२ मा भारतमा भएको बाह्रौं सागमा पनि नेपालले माल्दिभ्सलाई नै ३-० को सोझो सेटमा पराजित गर्दै काँस्य जितेको थियो ।

सागमा पुरुषको तुलनामा गर्विलो इतिहास बनाएको महिला भलिबल टोलीले घरेलु मैदानमा हुने १३ औं सागमा भने नयाँ इतिहास रच्ने योजना बनाएको छ । जसका लागि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरु दैनिक कडा अभ्यासमा पसिना बगाईरहेका छन् ।

घरेलु भूमिको सागलाई लक्षित गर्दै नेपाल भलिबल संघले साउनको पहिलो हप्ताबाटै खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा राखेको छ । प्रारम्भिक चरणमा २५ खेलाडीलाई प्रशिक्षणमा बोलाईएको छ । स्वर्ण जित्ने लक्ष्य लिएका खेलाडीहरु बिहान र बेलुका गरी दिनको दुई पटक प्रशिक्षण गरिरहेका छन् ।

‘हाम्रो गोल्डमेडल जित्ने लक्ष्य छ । र, यसकै लागि कडा प्रशिक्षण पनि गरिरहेका छौं,’ मुख्य प्रशिक्षक जगदिश भट्टले भने, ‘टिममा भर्खरका १६–१७ वर्षका खेलाडीहरु छन् र सबै इनरजेटिक छन् । उनीहरुमा धेरै जोस र जागर भरिएको छ ।’

मुख्य प्रशिक्षक भट्टले महिला खेलाडीले दैनिक ६–७ घण्टा प्रशिक्षण गरिरहेको बताए । दिनको दुई पटक गरिने कडा प्रशिक्षणको कारण खेलाडीहरु पनि निकै निखारिदै गएको प्रशिक्षक भट्ट बताउछन् ।

‘खेलाडीहरुले दिनको दुई पटक ६–७ घण्टा ट्रेनिङ गर्छन् । उनीहरुको खेल पनि राम्रो हुँदै गएको छ । प्रशिक्षकको नजरमा २५ जना खेलाडीहरुले नै राम्रो गरिरहेका छन् ,’ प्रशिक्षक भट्टले भने ।

प्रशिक्षक भट्टले सागमा तीन काँस्य जितिसकेको नेपालले घरेलु भूमिमा स्वर्ण जित्ने अवसर रहेको समेत बताए । ‘नेपालको स्वर्ण सम्भावना धेरै छ । हामीले भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्न प्रशिक्षणमा लागिरहेको छौ,’ उनले थपे ।

साग गेम्समो महिला भलिबलमा नेपालको कठिन प्रतिद्वन्दी भारत र श्रीलंका नै हो । साग इतिहासमा भारत र श्रीलंकाले नै स्वर्णमा कब्जा जमाउदै आएका छन् । यी दुई राष्ट्रलाई हराउँन सके नेपालले स्वर्ण जित्ने प्रशिक्षक भट्टले बताए ।

भलिबल संघले प्रारम्भिक चरणमा बोलाएको २५ सदस्यीय टोलीमा नियमित कप्तान बिनिता बुढाथोकी, मञ्जु गुरुङ लगायतका ६ खेलाडी नियमित सदस्यहरु टिम बाहिर रहेका छन् ।

प्रशिक्षक भट्टले टिम बाहिर रहेका खेलाडी भन्दा बन्द प्रशिक्षणमा रहेका खेलाडी राम्रो भएको समेत बताए । धेरै नयाँ खेलाडीको फिटनेस र खेल उत्कृष्ट हुँदा पुराना खेलाडी टिमबाहिर रहेको प्रशिक्षक भट्टको भनाई छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका