करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो ।
नेपाली टिममा निर्मला तामाङ, संगीता मगर र सरु कार्की रहेकी छिन् ।
समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)