विश्वकपमा पुग्यो कंगो
-1775009149402.webp&w=3840&q=75)
काठमाडौं। कंगोले अतिरिक्त समयमा गोल गर्दै मंगलबार जमैकालाई १–० ले हरायो। योसँगै विश्वकप खेल्ने ४८ टोलीमध्ये ४७औं टोलीका रूपमा छनोट भयो।
इन्टरकन्टिनेन्टल प्लेअफको १००औं मिनेटमा एक्सेल तुआन्जेबेले कर्नरबाट आएको बलमा गोल गरे। जमैकाका डिफेन्डरहरूले बल क्लिअर गर्न नसक्दा इंग्लिस प्रिमियर लिग क्लब बर्न्लीका खेलाडी तुआन्जेबेले सजिलै जाली चुमाए।
कंगोले यस नाममा कहिल्यै विश्वकप खेलेको छैन। तर, १९७४ मा जर्मनीमा ‘जाइर’ नामबाट प्रतियोगितामा सहभागी भएको थियो।
मेक्सिकोको ग्वाडालाहारास्थित आक्रोन रंगशालामा भएको यस जितसँगै कङ्गोले विश्वकपको समूह ‘के’ पूरा गरेको छ। यो समूहमा कोलम्बिया, पोर्चुगल र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
कंगोका कप्तान चान्सेल म्बेम्बाले भने,‘हामी यो छनोटको खुसी मनाउनेछौं, तर काम जारी राख्नेछौं। विश्वकपमा सधैं खेल्ने ठूला राष्ट्रहरूसँग खेल्नुपर्छ भन्ने हामीलाई थाहा छ। हामी विनम्र रहनेछौं, जमिनमै खुट्टा राख्नेछौं र निरन्तर मेहनत गर्नेछौं। समर्थक र देशलाई गर्व गराउन हामी सबै दिनेछौं।’
‘रेगे ब्वाइज’ भनेर चिनिने जमैका भने दोस्रो पटक विश्वकप खेल्ने अवसरबाट वञ्चित भयो। उसले अहिलेसम्म १९९८ मा मात्र विश्वकप खेलेको थियो।
निर्धारित समयमा कंगोले दुई पटक अग्रता लिने अवसर पाए पनि दुबै गोल अफसाइडका कारण अस्वीकार गरियो। नाथानाएल म्बुकुको चौथो मिनेटको प्रयास र ८५औं मिनेटमा सामुएल माउटोसम्मीको गोल मान्य भएन।






-1775010144838.webp&w=3840&q=75)


-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)