पौडी : एलेक्जेन्डर र डुवनाको राष्ट्रिय कीर्तिमान
बिहिबार, १९ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा बिहिबार नेपालका एलेक्जेन्डर शाह र डुवना लामाले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
पुरुष २ सय मिटर फ्रिस्टाइलको हिट चरणमा एलेक्जेन्डरले २ मिनेट ०२.३० सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले शिरिष गुरुङको नाममा रहेको २ मिनेट ०६.३५ सेकेण्डको कीर्तिमान भंग गरेका हुन् ।
यस्तै महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा डुवनाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरिन् ।
डुवनाले २ मिनेट ४८.५७ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् । डुवनाले नेपालगंजमा भएको आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५.०९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।












-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
