शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

शनिबार, २१ चैत्र २०८२खेलपाटी संवाददाता
लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। एर्लिङ हालान्डको १८ मिनेटमा ह्याट्रिक गरेसँगै म्यानचेस्टर सिटी शनिबार लगातार आठौं सिजन एफए कपको सेमिफाइनलमा पुगेको छ।

मोहम्मद सलाहले पेनाल्टी मिस गर्दा लिभरपुलको समस्या झन् बढ्यो। इतिहाद स्टेडियममा भएको ४–० को हारले दबाबमा रहेका प्रशिक्षक आर्ने स्लटमाथि थप दबाब सिर्जना गरेको छ।

हालान्डले ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई राम्रो सुरुआत दिलाए। पहिलो हाफको अतिरिक्त समयमा एन्टोइन सेमेन्योको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरे।

त्यसपछि ५७औं मिनेटमा क्रसबारबाट फर्किएको बललाई गोल गर्दै उनले सिटीका लागि यस सिजनको पहिलो र सन् २०२२ मा क्लबमा आबद्ध भएयता १२औं ह्याट्रिक पूरा गरे।

सेमेन्योले ५०औं मिनेटमा अर्को गोल थपे। दुई हप्ता अघि वेम्ब्ली स्टेडियममा आर्सनललाई हराउँदै इङ्लिस लिग कप जितेको सिटीका लागि यो त्यसपछि पहिलो खेल थियो। एफए कप सेमिफाइनलका लागि सिटी यही महिना फेरि वेम्ब्ली फर्किनेछ।

हालैको अन्तर्राष्ट्रिय विश्राममा ९ वर्षपछि लिभरपुल छोड्ने घोषणा गरेका सलाहले आफ्नो बिदाइ यात्रा सुरु गरे पनि गोल गर्न सकेनन्। उनले पाएका थुप्रै अवसरमध्ये उत्कृष्ट अवसर ६४औं मिनेटमा पाएको पेनाल्टी थियो। तर, सिटीका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट बचाउ गर्दै त्यसलाई रोकिदिए।

सन् २०१७ देखि एफए कपमा सिटीको घरेलु मैदानमा यो लगातार १८औं जित हो। पेप ग्वार्डिओलाको टोलीले लगातार सात पटक एफए कप फाइनल पुग्ने क्लाफाम रोभर्सको कीर्तिमान बराबरी गरेको थियो। तर, अब त्यो कीर्तिमान एक्लै आफ्नो नाममा राखेको छ।

अन्य खेलमा शनिबार चेल्सीले तेस्रो डिभिजनको पोर्ट भेलसँग खेल्दैछ भने आर्सनल दोस्रो डिभिजनको साउथह्याम्प्टनको मैदानमा उत्रिनेछ।

सेमिफाइनलको ‘ड्र’ आइतबार हुनेछ। अन्तिम क्वार्टरफाइनल खेलमा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई आतिथ्य दिनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु