महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने
बिहिबार, ११ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । सन् २०२३ को फिफा महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्तरुपमा आयोजना हुने भएको छ ।
विश्वकप आयोजकका लागि बुधबार भएको मतदानबाट विश्वकप आयोजनाको जिम्मेवारी अष्ट्रेलिया र न्युजिल्याण्डले पाएको हो ।
मतदानमा कोलम्बियालाई पछि पार्दै अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो ।
फिफाले सार्वजनिक गरेको मत अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डको २२ भोट खसेको छ । कोलम्बियामा मात्र १३ भोट खसेको बताईएको छ ।
अष्ट्रेलिया र न्युजिल्याण्डले आयोजनाको जिम्मेवारी पाएसँगै पहिलो पटक दुई फरक कन्फेडेरेसनमा (एसियन र ओसियाना) विश्वकप आयोजना हुने भएको छ ।
यस विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
