आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘काठमाडौंले मात्र लिग फुटबल धान्न सकेन’

आइतबार, १८ माघ २०७७खेलपाटी संवाददाता
‘काठमाडौंले मात्र लिग फुटबल धान्न सकेन’

प्रशिक्षक मेघराज केसी । फोटो : एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । फुटबल जोगाउने हो भने काठमाडौं केन्द्रित संरचनालाई बाहिर लैजान पर्छ । मोफसलमा हुने प्रतियोगिताले नेपाली फुटबल माथि लग्दैन । मोफसलमा जति पनि फुटबल भईरहेका छन्, त्यहाँ फुटबलको नियम हुदैन ।

सतप्रतिशत ‘लज अफ द गेम’ पनि छैन । देशका शीर्ष क्लब खेल्ने भनेपछि त्यही अनुसार हुनुपर्ने हो । यसरी फुटबल विकास हुँदैन । विकास गर्ने भनेको लिग हो, त्यो काठमाडौं केन्द्रित छ । आर्थिक हिसाबले काठमाडौंले लिग धान्न सकेन । त्यसैले फुटबललाई देशभरी फैलाउनै पर्छ ।

एकैपटक एन्फाले सक्दैन । तर ए डिभिजन लिगमा मोफसलका टिमलाई बिस्तारै प्रवेश गराउन आवश्यक छ । प्रदेशको टिमलाई पैसाको दुख पर्दैन । टिमपनि स्तरीय बन्छन् । ए डिभिजन खेल्ने काठमाडौं, ललितपुरमा पनि सिमित क्लब हुन्छन् । अरु क्लब देशभरका क्षेत्रबाट आएको खण्डमा मात्र देशको फुटबल विकास हुन्छ ।
ललितपुरबाट एकमात्र ए डिभिजन लिग खेल्ने क्लब भयो भने जिल्लाले १० करोड खर्च गर्न पनि समस्या छैन । त्यही अनुसार पोखराको टिम मात्र भए १० करोड खर्च गर्न गाह्रो छैन । पैसा धेरै भए खेलाडीको स्तरीयता पनि बढ्छ । खेल्ने मान्छे पनि धेरै हुन्छ ।

जनताले फुटबलमा लगानी गरेको सही ठाउँमा पनि हुन्छ । मानौं अहिले लिग भयो । जावलाखेल र फ्रेन्ड्स क्लबबीच खेल भयो । तीन सय दर्शक पनि हुदैन । त्यसमा पनि टिकट नलिने धेरै हुन्छन् । ललितपुरको एकमात्र टिम भए रंगशाला भरिन्छ । एकै खेलमा कम्तीमा ३० लाखै उठेपनि अप्रत्यक्ष रुपमा क्लबलेनै पाउने हो । नसोचेको टिकटको पैसा उठ्छ ।

मानौं विराटनगरको एक टिम छ । ललितपुरको टिम विराटनगर खेल्न गएको खण्डमा के होला ? विराटनगरको रंगशाला भरिन्छ । लिगमा आर्थिक स्रोत भनेकै टिकट हो । त्यो दर्शक बिनाको लिगबाट सम्भव छैन ।

यसो हेर्दा काठमाडौंले लिग अब धान्न सकेनं । एकैपटक क्लबलाई बाहिर निकाल्न गाह्रो छ । कुनै न कुनै तरिकाले काठमाडौंमा भएका क्लबलाई विस्तारै ‘ब्याक’ गराएर अरु क्लब छिराएको खण्डमा सबै ठाउँमा फुटबलको लोकप्रियता बढ्छ । झापाले एउटा ए डिभिजन क्लब थेग्न सक्छ । झापामा अरु फुटबल होला । जिल्ला लिग होला । त्यो अलग कुरा हो । झापालाई एउटा ए डिभिजन क्लब हुदाँ समस्या पर्दैन, विराटनगरलाई पर्दैन । पोखराले सक्छ । काठमाडौ जस्ताले दुईटा सम्म थेग्न सक्छ ।
धनगढी गोल्डकप हुन्छ । आयोजकले दुई तीन जना काठमाडौं, दुईटा अफ्रिकन राख्छ । १० थरी खेलाडी बटुल्छ । धनगढीको टिम छैन । यदी त्यहाँ एउटा ए डिभिजन टिम बनेको खण्डमा पैसाको समस्या पर्ला त ?

मोफसलका टिमलाई विस्तारै शीर्ष डिभिजनको लिगमा स्थान दिने हो भने विस्तारै–विस्तारै काठमाडौंको भार कम हुन्छ । काठमाडौंको एउटा टिम बी डिभिजनमा झर्ने बित्तिकै माथि आउनै सक्दैन । त्यसरी विस्तारै काठमाडौंको प्रभुत्व कम भएर जान्छ । बाहिरको बढ्छ ।

कसरी टिकेको छ फुटबल ?

फुटबललाई माया गर्ने मान्छेहरु हजारौं छन् । हामी विभिन्न ठाउँमा जान्छौं । आफ्नो घरबाट बिगारेर, छोरा छोरीको स्कुलको पैसा नतिरेर खेलाडीलाई खाजा खान दिने अभिभावक हामीले देखेका छौं । राम्रो खेल्नेलाई बुट किन्दिएर, हौसला दिने हजारौं छन् । जसलाई नेपाली फुटबलमा कसैले चिन्दैन । त्यस्तै मान्छेका कारण अहिले फुटबल टिकिरहेको हो ।

जो अहिले ‘फ्रन्ट’मा देखिरहेका मान्छेहरु छन् । मैले फुटबलमा यसो गरे, उसो गरे भनिरहेका छन् । ती मान्छेले फुटबलमा आफ्ना लागि बाहेक केहीपनि गरेको छैन ।

क्लबलाई कत्तिको गाह्रो छ ?

क्लबले ए डिभिजन खेलिरहेका छन् । क्लब टिकाउन ज्यादै गाह्रो छ । यता उता गरेर आम्दानी २० लाख हुन्छ । खर्च ५० लाख हुन्छ । क्लबले खेलाडी ठगिरहेको हुन्छ । सम्झौतामा एउटा हुन्छ, पैसा बुझ्दा त्यो हुँदैन । क्लबको आम्दानी भन्दा खर्च धेरै छ । थोरै आम्दानीमा क्लब चलाउने छन्, कतिले आफ्नो घर त्यहीबाट चलाईरहेका छन् । कुनैपनि क्लब फुटबल खेलेर फाईदामा छैन । सबै क्लब घाटामा छ ।

विभिन्न स्रोत साधनबाट पैसा जुटाएर फुटबलमा खन्याउँदा पनि क्लबलाई पुग्दैन । सिमित केही छाडेर सबै सामाजिक क्लब हुन् । ती सामाजिक क्लबको फुटबलबाहेक अन्य धेरै उद्धेश्य र कामहरु हुन्छन् । अरु सबै कुरा घटाएर फुटबलमा मात्र लगानी गर्दा पनि पुगिरहेको छैन । इज्जत र प्रतिष्ठाका लागि सबै कुरा ऋणमा फुटबलमा हाल्न खोज्छन्, हालेर पनि चाहिने जति पुग्दैन । र स्तरीयता कायम हुन सकेको छैन ।

कता लैजाने फुटबल ?

नेपालमा फुटबललाई माया गर्ने धेरै छन् । पैसापनि खर्च गरिरहेका छन् । खर्चको सन्तुलन मिलाउन सकिएको छैन । त्यो सन्तुलन मिलाउन सकियो भने नेपालीकै पैसाले फुटबल चलाउन पुग्छ । लिग गर्न २० करोड खर्च हुन्छ । २० करोड खर्च काठमाडौंले थेग्न सक्दैन । तर पुरै नेपालले १ अर्ब थेग्न त सक्छ । काठमाडौंमा केन्द्रित रहेको फुटबललाई बाहिर निकालेर देशभर फैलाउन पर्यो ।

लिग फुटबल देशभरै गर्न सकियो भने टिकटकै पैसाले पुग्छ । प्रत्येक खेलमा टिकटको पैसा राम्रोसंग उठाउन सकियो भने त्यहीबाट देशको फुटबल चल्छ । विगतमा विभिन्न परिस्थिती र कारणले गाह्रो भएको होला । पचासौं वर्षदेखि काठमाडौंमा रहेका ए डिभिजन क्लबलाई बाहिर निकाल्न समय लाग्ला । तर कुनै न कुनै उपाय अपनाएर शीर्ष डिभिजनको फुटबललाई मोफसलसंंग जोड्न आवश्यक छ । काठमाडौंमा मात्र हैन, पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फुटबललाई फैलाउन आवश्यक छ ।

(प्रशिक्षक मेघराज केसीसंग खेलपाटीका हिमबिक्रम केसीले गरेको कुराकानीका आधारमा)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’