आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्प्रिन्टका खै प्रतियोगिता ?

मंगलबार, २५ फाल्गुण २०७७दिपेश तिमल्सिना
स्प्रिन्टका खै प्रतियोगिता ?
Loading ad...
mustang rice ad

काठमाडौं । लामो समय सुनसान बनेको दशरथ रंगशाला चलायमान देखिन्छ । ट्रयाकमा खेलाडी दौडिरहेका देखिन्छन् । प्रशिक्षकले निर्देशन गरिरहेका हुन्छन् । खेलाडीहरु प्रशिक्षण लिईरहेका हुन्छन् । तर अभ्यासमा सहभागी खेलाडीमा उत्साह भने छैन ।

उत्साह नहुनको कारण थकान भने हैन । वर्षौदेखि प्रशिक्षण मात्र गरिहरेका उनीहरुले प्रतियोगिता खेल्न पाएका छैनन् । त्यही नैरास्यता अनुहारमा देखिन्छ ।

घरेलु खेलकुदमा एथ्लेटिक्सका प्रतियोगिताहरु कमै हुन्छन् । तर, स्प्रिन्ट विधाका खेलाडीले वर्षौंदेखि राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् । उनीहरुले राखेपले संचालन गर्ने वृहत राष्ट्रिय खेलकुद र दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग बाहेक अन्य प्रतियोगिता खेल्न पाएका छैनन् । नेपाल एथ्लेटिक्स संघले स्प्रिन्ट विधाकाको प्रतियोगिता आयोजना नगरेको जुगौ भईसक्यो ।

एथ्लेटिक्सको सबैको ध्यान म्याराथनमा देखिन्छ । नीजि क्षेत्रबाट विभिन्न संघ संस्थाले दश हजारमाथिका प्रतियोगिता आयोजना गर्दै आएका छन् । तर, स्प्रिन्ट विधा अन्तर्गत सय, दुई सय, चार सय, आठ सय, रिले, हर्डल्ससहित ट्रयाक एण्ड फिल्डकै ज्याभलिङ थ्रो, हाइजम्प, सटपुट, त्रिपलजम्प, लङ्जम्पलगायत विधाका खेलहरु नेपाल एथ्लेटिक्स संघले आयोजना गरेको छैन ।

यसका लागि संघनै जिम्मेवार हुनु पर्ने हो । तर, संघ छोटो दुरीका दौड प्रतियोगिता आयोजना गर्ने जिम्मेबारीबाट पन्छिएको पूर्व महासचिव तथा प्रशिक्षक सुनिल राजवंशी बताउँछन् ।

छोटो दौडका प्रतियोगिता सपना जस्तै 

दशरथ रंगशालामा प्रशिक्षणको क्रममा भेटिएका एक खेलाडीले आफ्नो विधाको प्रतियोगिता नै नहुदाँ निराश बनेको बताए । उनले संघले गर्ने प्रतियोगिता आफ्ना लागि एक सपना जस्तै भएको उल्लेख गरे ।

‘हाम्रा लागि प्रतियोगिता ईतिहास जस्तै हो ।’ उनले भने, ‘राष्ट्रिय प्रतियोगिता एक सपना जस्तै हो । जुन देख्छौ तर, महसुस गर्न पाउँदैनौ ।

उनले प्रतियोगिता नभएपनि खेलप्रतिको मायाले सधै रंगशाला तानिरहने बताए ।

‘कतै कतै प्रतियोगिता भएकै हुन्छन् । हाम्रै एथ्लेटिक्समा पनि हाफ म्याराथन, म्याराथन वर्षमा कम्तिमा पनि आठदेखि दशवटा प्रतियोगिता आयोजना हुन्छ ।’ उनले भने, ‘तर, हाम्रो प्रतियोगिताका लागि वृहत वा साग नै कुर्नु पर्ने हुन्छ ।’

उनले थपे, ‘वर्ष भरी प्रशिक्षण गरिरहेका छौ । कम्तिमा एक प्रतियोेगिता त होस् । जहाँ हामीले आफ्नो क्षमता मापन गर्न पाउँ । आफ्नो कमजोरी बुझ्न सकु । तर, त्यस्तो भइरहेको छैन । हामीले प्रतियोगिता नै खेल्न पाएनौ ।’

एथलेटिक्सका पूर्व अध्यक्ष रघु वंन्तले प्रतियोगिता नहुँदा खेलाडीमा प्रतिस्पर्धाको भावना हराएको बताए । उनले खेलाडीमा प्रतिस्पर्धाको भावना विकासका लागि मात्र भएपनि प्रतियोगिता आयोजना आवश्यक भएको बताए ।

‘प्रतियोगिता भइरहने हो भने खेलाडीमा प्रतिस्पर्धाको भावना बढ्छ । उनीहरुले खेलमा एकपछि अर्कोलाई जित्ने कोशिस गरिरहेका हुन्छन् ।’ प्रशिक्षक समेत रहेका वंन्तले भने, ‘आजको प्रतियोगितामा एकले जित्छ । भोली त्यसलाई अर्को खेलाडीले जित्ने कोशिस गर्छ र प्रतिस्पर्धाको भावना बढ्छ । पहिलो भएको खेलाडीले आफ्नो समय सुधारका लागि अझ मेहनत गर्छ । त्यसका लागि प्रशिक्षण मात्रले पुग्दैन । प्रतियोगिता पनि हुनु पर्छ ।’

छोटो दौडलाई माया गर्ने बताउने वन्तले २०१२ मा आफ्नै नाममा ‘वन्त गोल्डेन स्प्रिन्ट’ नामक प्रतियोगितको सुरु गरे । दुई वर्ष वंन्तको नामबाट संचालन भएको उक्त प्रतियोगिता तेस्रो वर्ष विवादमा आयो ।

संघमा रहेका व्यक्तिगत नामबाट संचालन गरेको भन्दै विवाद भएपछि सो प्रतियोगिताको नाम ‘गोल्डेन स्प्रिन्ट’ बन्यो । तर, प्रतियोगितामा सय र दुई सय मिटर दौडको समय जोड्दा सबैभन्दा उत्कृष्ट हुने खेलाडीलाई वंन्त अवार्ड प्रदान गर्ने निर्णय भयो । तेस्रो संस्करणमा सो अवार्ड विजेता महिला र पुरुष दुबै खेलाडीले छुट्टै २५–२५ हजार नगद पुरस्कार पाएका थिए । तर, त्यसपछि सो प्रतियोगिता पनि हुन सकेन ।

उनले भने, ‘हामीले प्रतियोगिता गर्नुको मुख्य उद्देय खेलाडीलाई उनीहरुको विधामा बाँधेर राख्न हो । किनभने छोटो दुरीको दौड विरलै हुन्छन् । अझ वर्षमा एक हुन्छ हुँदैन कुनै टुङ्गो नै हुँदैन् । त्यो प्रतियोगिता हुँदा धेरै स्प्रिन्टर्सहरु निस्केका थिए ।’

पछिल्लो दश वर्षमा छोटो दुरीको प्रतियोगिता दुई पटक मात्र आयोजना भएको उनले जानकारी दिए । प्रशिक्षक वंन्तले पछिल्लो सागमा प्रतियोगिता विनानै पदक जितेर नेपाली एथलेटिक्सको इज्जत बचाएको बताए ।

No description available.

खेलाडी उत्पादनमा गाह्रो

प्रतियोगिता नै नहुँदा खेलाडी उत्पादन गाह्रो हुने गरेको वंन्त बताउँछन् । उनले एक खेलाडी उत्पादन गर्न कम्तिमा ६ वर्ष समय लाग्ने गरेको बताए ।

‘प्रतियोेगिता नहुँदा खेलाडी उत्पादनमा निकै नै गाह्रो छ । एउटा राम्रो खेलाडी बनाउन कम्तिमा पनि ६ वर्ष लाग्छ । तर, हामी कुन आधारमा खेलाडी उत्पादन गर्ने । खै कहाँ छन् प्रतियोगिता !’ उनले भने, ‘प्रतियोगिता भइरहने भए खेल हेर्न आएका अभिभावक मध्यबाट दुई–चार जनाले त आफ्ना छोराछोरी खेल्न पठाउँथे । त्यसबाट पनि खेलाडी उत्पादन गर्न सकिन्थ्यो । यहाँ त खेलकुद सुनसान छ ।’

प्रशिक्षक धनिराम चौधरीको बुझाइ पनि उस्तै छ । छोटो दुरीका खेलाडी विद्यालय स्तर र अन्य प्रतियोगिताबाट आउने भएपनि हाल त्यस्तो हुन नसकेको उनको बुझाई छ ।
उनले छोटो दुरीका खेलाडी पलायन हुने अवस्थामा रहेका बेला विभागले यसको बागडोर सम्हालेको बताए ।

‘हुन त धेरै जसो खेलका खेलाडीलाई विभागले बचाएर राखेको छ । नेपाली खेलकुदको अवस्था यस्तै हुने हो भने खेलाडी धेरै पहिला पलायन भइसक्थे। प्रतियोगिता नभएकै कारण केही खेलाडी पलाएन भएका पनि छन् । अझै हुन पनि सक्छन् ।’ उनले भने, ‘अझ अन्य खेलाडी भन्दा छोटो दुरीका खेलाडी विभागले नै बचाएको हो ।’
विभिन्न क्षेत्रबाट उत्पादन भएका खेलाडीलाई विभागले बचाउँदै आएको भएपनि छोटो दुरीका खेलाडीको हकमा भने ठिक उल्टो भएको प्रशिक्षक चौधरीले बताए ।
उनले छोटो दुरीका खेलाडी विभागले नै उत्पादन गरिरहेको बताए ।

‘छोटो दुरीका दौड खेलाडी उत्पादन हुने विद्यालय स्तरबाट हो । पछिल्लो समय त्यो पनि भइरहेको छैन । न त संघका यस विधामा आफ्ना कुनै कार्यक्रम नै छन् ।’ उनले भने, ‘विभागले आफ्नो कार्यक्रममा भित्रै छोटा दुरीका दौड, हाइजम्प, लङ जम्पलगायतका खेलहरु आयोजना वर्षेनी गरिरहेको छ । खेलाडी त्यही प्रतियोगिता खेलेर नेपाली खेलकुदमा टिकिरहेका छन् । तीनै विभागमा राम्रो गर्ने खेलाडी राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरिरहेका छन् ।’

प्रतियोगिता र प्रतिस्पर्धा नभएकै कारण छोटो दुरी, हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो लगायतका खेलमा नेपालले अन्तर्राष्ट्रिय पदक ल्याउन नसकेको प्रशिक्षक चौधरीले बताए ।

सागमा हालसम्म छोटो दुरी, हाइजम्ज, लङजम्प, ज्याभलिङ थ्रो लगायतका खेलले कुनै पनि पदक जित्न सकेको छैन ।

‘हामी धेरै पर नजाउँ । ५–६ देशले सहभागिता जनाउने सागमा त अहिलेसम्म पदक जित्न सकेको छैनौ । हाम्रा खेलाडीले आफ्नो उत्कृष्टता नै दिन सकेको छैनन् । उनीहरुको कमजोरी के भन्ने विषय एक छनोट प्रतियोगिता मात्र खेलेर पुग्दैन,’ उनले भने ।

संघका पूर्व महासचिव सुनिल राजवंशीले संघले जे गर्दा पनि हुन्छ भन्ने भावना राखेकाले नेपाली एथलेटिक्सपछि परेको आरोप लगाए ।

उनले नेपालमा लोकप्रिय रहेको एथ्लेटिक्सको हालसम्म संघले वार्षिक क्यालेन्डर नै बनाउन नसकेको बताए । योजना विहिन संघको गतिविधिका कारण एथ्लेटिक्स पछि परेको राजवंशीले उल्लेख गरे ।

 

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’