आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

त्रिदेशीय फुटबल : माहोल फर्कने विश्वास

बुधबार, २६ फाल्गुण २०७७खेलपाटी संवाददाता
त्रिदेशीय फुटबल : माहोल फर्कने विश्वास
Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु फुटबलको सर्वोच्च निकाय हो, अखिल नेपाल फुटबल संघ एन्फा ।

एन्फाको मुख्य आयस्रोत फिफा र एएफसीबाट आउने अनुदान र कार्यक्रमनै हो । ती अनुदान शीर्षक अनुसार आउँछन् । निर्धारित शीर्षक बाहिर गएर कार्यक्रम गर्न मिल्दैन । प्रायोजक खोजेर एन्फाले आफ्ना थप कार्यक्रम सञ्चालन गर्छ । एन्फाको ठुलो आयस्रोत टिकटबाट प्राप्त हुने रकम हो ।

तर ६ वर्ष भयो । एन्फाले राष्ट्रिय फुटबल टिमको प्रतियोगिता दशरथ रंगशालामा गर्न पाएको छैन । ७२ सालको भुकम्पपछि दशरथ रंगशाला समेत क्षतिग्रस्त बन्यो । 

रंगशाला पुननिर्माणले समय लियो । गत वर्ष १३ औं साग अघिमात्र रंगशाला तयार भयो । सरकारले सागको फुटबलतर्फको खेल रंगशालामा आयोजना गर्यो । नेपालले स्वर्ण जित्यो । टिकट मार्फत सरकारले लाखौं रुपैयाँ आम्दानी गर्यो । साग फुटबल ओलम्पिक टिमले खेल्ने प्रतियोगिता हो ।

तर एन्फाले राष्ट्रिय टिमको एउटै खेल रंगशालामा खेलाउन पाएको छैन । टिकटमार्फत आउने रकम ठप्पै छ । पछिल्ला ६ वर्षमा एन्फाले केही मैत्रीपूर्ण फुटबल र विश्वकप छनोटका खेल खेल्यो । तर ती सबै विदेशी भुमीमा थिए । रंगशला अभावमा नेपालले विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको घरेलु खेल भुटानमा गएर खेल्यो ।

साग लगत्तै रंगशाला त तयार भयो । पुन: कोरोनाको महामारी सुरु भयो । कोरोनाले विश्वकपको छनोट खेल करिब एक वर्ष प्रभावित बन्यो । चैत १७ गते अष्ट्रेलियासंग घरेलु मैदानमा खेल्दै नेपाल अन्तराष्ट्रिय फुटबलमा फर्कने योजनामा थियो । तर कोरोनाकै कारण सो खेल स्थगित बनेको छ ।

कोरोना संक्रमणको प्रभाव,  हवाई उडानको प्रतिबन्ध र क्वारेन्टिनको समयका कारण अष्ट्रेलियाको टिम निर्धारित समयमा आउन नसक्ने बतायो । एएफसीले चैत १७ को छनोट खेललाई स्थगित गरेको अवस्था छ । नयाँ मिति र स्थान तय हुन सकेको छैन ।

करिब ६ वर्षदेखि फुटबल समर्थकले दशरथ रंगशालामा राष्ट्रिय फुटबल टिमको खेल हेर्न पाएका छैनन् । एन्फाले समेत अतिरिक्त आम्दानी गर्न सकेको छैन । बजेट अभावमा एन्फाले यू–१८ साफ च्याम्पियनसिपको उपाधि जितेको खेलाडीलाई पुरस्कृत समेत गर्न सकेको छैन ।

विश्वकप छनोटका खेल दशरथ रंगशालामा खेलाएर झण्डै साढे २ करोड रुपैयाँ आम्दानी गर्ने एन्फाको योजनामा गम्भिर धक्का लागेको छ । अझ दशरथ रंगशालामा राष्ट्रिय टिमले अन्तराष्ट्रिय प्रतियोगिता नखेल्दा फुटबलको माहोल फर्कन नसकेको एन्फाको बुझाई छ ।

अष्ट्रेलियासंगको छनोट खेल स्थागित हुने बित्तिकै एन्फामाथि दबाब थपियो । फुटबलको माहोल फर्काउन दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने एन्फाले बुझेको छ । सोही अनुसार एन्फाले अन्तराष्ट्रिय प्रतियोगिताका लागि केही देशलाई पत्राचार गर्यो । र फिफाको समय अनुसार नेपाल सहित त्रिदेशीय अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने टुङ्गोमा पुगेको छ ।

एन्फाका अनुसार चैत ९ देखि १७ सम्म दशरथ रंगशालामा नेपालको राष्ट्रिय टिम सहित बंगलादेश र कीर्गिस्तानले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगितामार्फत एन्फा दुई सन्देश दिन चाहन्छ ।

पहिलो, अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेर देशमा फुटबलको माहोल फर्काउन चाहन्छ । दोस्रो, अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न नेपाल सक्षम छ भनेर सन्देश दिन चाहन्छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा त्रिदेशीय प्रतियोगितामार्फत फुटबलको माहोल फर्कने विश्वास ब्यक्त गर्छन् ।

‘नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता नभएको धेरै भएको छ । यसको पनि धेरै मानिसले नेपालको खेल हेर्न पाएका छैनन् । र अर्को कुरा यस्तो परिस्थितीमा पनि नेपाल अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छ भनेर सन्देश जान्छ ।’ शेर्पाले खेलपाटीसंग भने ।

उनले त्रिदेशीय प्रतियोगिताको आयोजना सम्पन्न गरेपछि अन्य प्रतियोगिता गर्न समेत सहज हुने उल्लेख गरे ।

‘नेपाल सक्षम छ । नेपालले गर्न सक्छ भन्ने विषयनै मुख्य हो । र फुटबलका प्रशंसकहरु समेत खेल हेर्नका लागि ब्यग्र प्रतिक्षामा बसेका छन् ।’ उनले भने, ‘फुटबलको त्यो माहोल बनाउनुपर्ने देखिन्छ । अरुपनि नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा गर्न सहज हुन्छ ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’