आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुखियाको हातमा मनाङको युवा टिम

बुधबार, ११ चैत्र २०७७हिम बिक्रम केसी
मुखियाको हातमा मनाङको युवा टिम

नवनियुक्त अध्यक्ष मुखिया गुरुङलाई स्वागत गर्दै निवर्तमान अध्यक्ष छिमि उर्गेन गुरुङ । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । मनाङ मर्स्याङ्दी घरेलु फुटबलको लोकप्रिय क्लब हो । र उत्तिकै सफल पनि । तर पछिल्ला वर्ष घरेलु फुटबलमा मनाङको प्रर्दशन नाम अनुसारको छैन । कीर्तिमानी लिग उपाधि उचालेको मनाङमा स्टार खेलाडी देखिन छाडेका छन् । पछिल्लो सिजन मनाङले तेस्रो स्थानमा रहदै लिग टुङ्गायो ।

क्लबको व्यवस्थापन पक्षसंग असन्तुष्टि राख्दै बिशाल श्रेष्ठ सहितका स्टार खेलाडी मछिन्द्र लागेपछि मनाङ रित्तो बनेको थियो । राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी मछिन्द्र लागेपछि लिगको संघारमा मनाङ कमजोर देखियो । मनाङबाट खेलाडी तान्न सफल मछिन्द्रले ऐतिहासिक पहिलो लिग उपाधि नै उचाल्यो ।

आखिर मनाङको टिम भनेकै स्टार खेलाडीको भिड हो । जहाँ राष्ट्रिय टोलीका अधिकांश अनुहार हेर्न पाईन्छ । त्यसैले मनाङ घरेलु फुटबलमा ‘शेर’ बनेको छ । तर आन्तरिक समस्याका कारण मनाङले पछिल्लो समय घरेलु फुटबलमा राम्रो गर्न सकेको छैन । मनाङलाई चिनाउन क्लब नै कमजोर बनेपछि मनाङ्गेहरुको मन कुँडिएको छ ।

क्लबलाई पुन पुरानै लयमा फर्काउने विश्वास सहित मनाङ मर्स्याङ्दीमा नयाँ टिम आएको छ । मुखिया गुरुङको नेतृत्वमा आएको नयाँ टिममा अधिकांश पदाधिकारी युवा छन् । एन्फाको केन्द्रिय सदस्य रहेका विजयी घले नयाँ टिमका निमार्णकर्ता हुन् । उनैले मुखियाको नेतृत्वमा मनाङको नयाँ टिम बनाएका छन् ।

बुझ्नुपर्ने कुरा, मनाङको कार्यसमिति गठन प्रक्रिया अन्य क्लब भन्दा फरक छ । उपल्लो मनाङका ७ वडाले दुई दुई जना प्रतिनिधि क्लबमा सिफारिस गर्छन् । तीनै सदस्यबाट क्लबको कार्यसमितिको गठन हुन्छ । कार्यसमितिको पदावधि दुई वर्षको हुन्छ । दुई वर्षको अन्तरमा पुन नयाँ कमिटि आउँछ । अहिले मुखियाको नेतृत्वमा नयाँ कमिटि आएको छ । कोरोनाले प्रभावित बनेको पछिल्ला वर्षमा मनाङले फुटबलमा राम्रो गर्न सकेन । नयाँ कार्यसमिति समक्ष मनाङलाई पुन पुरानै लयमा फर्काउने चुनौती छ । युवा टिम त्यसका लागि तयारपनि देखिन्छ ।

‘खेलाडीलाई पहिचान गरेर नयाँ खेलाडी कसरी लिने भन्ने सोचेका छौं । लक्ष्य राम्रै छ ।’ नयाँ कार्यसमितिको उद्धेश्यबारे मुखियाले भने ।

लजालु स्वभावका मुखिया थोरै बोल्छन् । तर मनाङलाई पुन नम्बर एकमा फर्काउने ईच्छाशक्ति उनको तिव्र देखिन्छ ।

‘हिजो के भयो त्यता तिर नफर्कौ । युवा खेलाडीले राम्रै नतिजा निकाल्यो । तेस्रो बन्यो । अब यसपाली जित्छ भन्ने आश छ ।’ उनी भन्छन् ।

खेलाडी भनेपछि हुरुक्कै हुने मुखिया क्लबमा पनि दिल खोलेर खर्च गर्ने अग्रपङ्तीमा आउँछन् ।

मनाङबाट काठमाडौं झरेपनि मनाङ्गेले फुटबलको माया मार्न सकेनन् । मस्र्याङ्दीलाई जोडेर फुटबल क्लब बनाए । त्यही क्लब मनाङ चिनाउने बिम्व बन्यो । हेर्दा लाग्छ, क्लबमार्फत मनाङ्गेहरु शहरमा आफ्नो पहिचान र फुटबलमा आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्छन् ।

क्लबका नवनियुक्त महासचिव तेन्जिङ गुरुङ अब नयाँ तरिकाले क्लब अघि बढ्नुपर्ने धारणा राख्छन् ।

‘अब नयाँ तरिकाले जान पर्यो । युवा टिम छ । सोच्ने तरिका, सोच्ने तरिका फरक हुन्छ ।’ उनले भने, ‘अब समाज मात्र नभएर प्रशंसक र सरोकारवाला निकायलाई कसरी जोड्ने भनेर नयाँ तरिकाले जानुपर्छ ।’

तेन्जिङ नयाँ सोच सहित फुटबल विकासमा अघि बढ्नुपर्ने धारणा राख्छन् ।

घरेलु फुटबलमा मनाङ खर्चिलो क्लब मानिन्छ । क्लबको नियमित आम्दानीको स्रोत केही छैन । सहयोग रकम, चन्दा र प्रायोजक नै क्लबको मुख्य आम्दानी हो । खेलाडी अनुबन्धनमा दिल खोलेर पैसा खर्च गर्ने मनाङको चरित्र हो । क्लबको नियमित आयस्रोत जुटाउने चुनौती मनाङसामु छ । दीर्घकालीन रणनीति बनाएर क्लबअघि बढ्नुपर्ने मनाङकै पुर्व पदाधिकारी बताउँछन् ।

क्लबका निवर्तमान अध्यक्ष छिमी उर्गेन गुरुङ पछिल्ला दुई वर्षको कार्यकालबाट सन्तुष्ट देखिन्छन् ।

कोरोनाका कारण घरेलु फुटबल प्रभावित बनेपनि पहिलो सिजन राम्रै नतिजा आत्मसाथ गरेको उनी बताउँछन् ।

‘राम्रो टिम पाएको थिए । टिममा युवाहरु थिए । एकवर्ष एफसी कप खेल्ने मौका पायौं । तयारी नभएपनि लिगमा तेस्रो बन्यौ । मोफसलमा पनि राम्रो नतिजा निस्कियो ।’ उनी भन्छन् ।

गुरुङ नियम संशोधन गरेर क्लबको कार्यसमितिलाई पर्याप्त समय दिनुपर्ने राय व्यक्त गर्छन् । ‘यो सामाजिक काम हो । तर प्राप्त दुई वर्षमा योजना बनाएर कार्यान्वयन गर्न निकै गाह्रो हुन्छ । यसमा गम्भिर बन्न आवश्यक छ ।’ उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’