आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

कसरी बने मिल्खा ‘फ्लाइङ्ग सिख’ ?

शनिबार, ०५ असार २०७८खेलपाटी संवाददाता
कसरी बने मिल्खा ‘फ्लाइङ्ग सिख’ ?
Loading ad...
mustang rice ad

एजेन्सी । भारतीय एथ्लेटिक्सका कीर्तिमानी धावक मिल्खा सिंहको निधन भएको छ । भारतका सबैभन्दा तेज धावक मानिने मिल्खाले पछिल्लो एक महिना कोरोनासंग संघर्ष गरे । शुक्रबार आत्मसमर्पण गरे । भारतको सर्वश्रेष्ठ सम्मान पद्यमश्रीबाट विभूषित मिल्खा ९१ वर्षका थिए । उनको परिवारमा एक छोरा र तीन छोरी छन् । उनकी पत्नी निर्मल कौरको समेत कोरोनाकै कारण निधन भएको थियो । कौर भारतीय भलिबल टिमकी पूर्व कप्तान समेत थिईन् ।

मिल्खा सिंहले ‘फ्लाइङ्ग सिख’को नामबाट चर्चा कमाए । उनको नामको पछाडीको कथा भने मनछुने छ । उनले सन् २०१६ मा इन्डिया टुडेलाई दिएको अन्तरवार्तामा यसको खुलासा गरेका थिए ।

सन् १९६० मा मिल्खालाई पाकिस्तानको अन्तराष्ट्रिय एथ्लेटिक प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त भएको थियो । मिल्खा भारत–पाकिस्तान विभाजनको चोटबाट मुक्त भएका थिएनन् । सोही कारण उनी पाकिस्तान जान चाहदैन थिए । तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएपछि उनी पाकिस्तान जान राजी भए । पाकिस्तानमा त्यो समय अब्दुल खालिक थिए । उनी पाकिस्तानका सबैभन्दा तिव्र गतिका धावक थिए ।

No description available.

प्रतियोगिताको दौरान करिब ६० हजार पाकिस्तानी समर्थक अब्दुल खालिकलाई हौसला प्रदान गर्न रंगशालामा थिए । तर मिल्खाको गतिका अघि खालिक टिक्न सकेनन् ।

मिल्खाले सो दौड जित्ने बित्तिकै तत्कालिन राष्ट्रपति फिल्ड मार्शल अयूब खानले उनलाई ‘फ्लाइङ्ग सिख’को नाम दिए । त्यसपछि उनी ‘फ्लाइङ्ग सिख’को नामबाट छाए ।

मिल्खा सिंहको जन्म सन् १९२९ नोभेम्बर २० मा गोविन्दपुरा (हाल पाकिस्तान)मा किसान परिवारमा भएको थियो । उनी आफ्ना बुवा आमाको कुल १५ सन्तान मध्य एक थिए । उनको परिवार देश विभाजनको शिकार भएको थियो । सो क्रममा उनका माता पिता सहित ८ भाई–बहिनी मारिएका थिए । यस बिभत्स घटनालाई देखेका मिल्खा पाकिस्तानको ट्रेनमा लुकेर दिल्ली पुगेका थिए ।

Image

चार पटक एसियाली खेलमा स्वर्ण पदक जितेका थिए, मिल्खाले । सन् १९६० को रोम ओलम्पिकमा मिल्खाको प्रर्दशनलाई सर्वश्रेष्ठ मानिन्छ । उनी ४ सय मिटर फाईनलमा चौथो स्थानमा रहेका थिए । उनले सन् १९५६ र १९६४ को ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए । उनी सन् १९५९ मा भारतको सर्वश्रेष्ठ पद्यमश्रीबाट सम्मानित भएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल