आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

सावित्रा भन्छिन् – 'अझ बलियो भएर मैदान फर्कनेछु'

शनिबार, १२ असार २०७८नमीन ढकाल
सावित्रा भन्छिन् – 'अझ बलियो भएर मैदान फर्कनेछु'
Loading ad...
mustang rice ad

काठमाडौं । विश्व चर्चित कतारको अस्पेटार अस्पतालमा खुट्टाको उपचार गर्न राष्ट्रिय फुटबल टिमकी स्टार फुटबलर सावित्रा भण्डारी शानिबार कतार प्रस्थान गर्दैछिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोग पत्रसँगै कतार फुटबल संघले सावित्राको एन्टेरिएर क्रुसिएल लिगामेन्ट (एसिएल)को शल्यक्रिया गरिदिने भएको हो । साबित्रा आज राति १० बजे कतार उड्दैछिन् ।

सावित्रा नेपालको महिला फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् । यो तर्कमात्र हैन, सावित्राको प्रर्दशनले यसलाई प्रमाणित गरेको छ । उनले देशमात्र हैन, दक्षिण एसियाली स्तरमा समेत आफुलाई प्रमाणित गरेकी छिन् । अब्बल दर्जाको फरवार्डको रुपमा उभ्याएकी छिन् । दक्षिण एसिया भन्दा बाहिर उनले आफुलाई जाँच्नै पाईनन् । उनले अझै माथिल्लो स्तरको फुटबल खेल्न चाहन्छिन् । यसकालागि उनी प्रयासरत समेत थिईन् ।

तर गत फागुनमा राष्ट्रिय महिला लिगको दौरान उनले चोट बोकिन् । विपक्षी खेलाडीसँग बल खोसे लगत्तै ल्याण्डिङ गर्ने क्रममा उनले चोट बोक्न पुगेकी थिईन् ।

लिगमा दुई खेल अघिनै एपीएफले उपाधि हात पर्दा सावित्राले चोट बोकिन् । चोट लगत्तै एमआरआई गरेकी सावित्राको लिगामेन्ट च्याँतिएको र शल्यक्रिया गर्नु पर्ने रिपोर्टमा देखियो ।

पछिल्लो समय एन्फाले लगातार कतारलाई शल्यक्रियाको लागि पत्र पठाएको थियो । झण्डै ५ महिनापछि मात्रै सावित्राको शल्यक्रिया हुने पक्का भएको हो ।

‘राम्रो उपचारका लागि पर्खिएको थिए । त्यो पुरा हुँदैछ । ५ महिनाको अन्तरालमा उपचार हुनेछ । विश्वस्तरीय अस्पतालको पर्खाइमा थिए । त्यहाँ उपचार हुनुनै राम्रो हो । त्यसका लागि कति समय पर्खिए मतलब भएन । त्यहाँ उपचार गराउन पाउनु ठुलो कुरा हो । अब राम्र्रो भएर फर्कन्छु । प्रतिक्षाको फल मिठो हुन्छ ।’ कतार उड्नुअघि खेलपाटीसँग सावित्राले भनिन् ।

यसअघि एन्फाले राष्ट्रिय टोलीकै दुई सदस्यको अस्पेटारमा उपचार गरेको थियो । अस्पेटारमा उपचार गरेका डिफेण्डर बिक्रम लामा स्वदेश फर्किसकेका छन् । उनि मैदान समेत फर्किसकेका छन् । युवा स्ट्राइकर विमल घर्ति मगरको भने अस्पेटारमै उपचार भैरहेको छ । उनी हाल रिहाबमा छन् । उनको स्वदेश फर्कने टुंगो अझै लागेको छैन ।

लिगमा चोट बोक्दै गर्दा सावित्राले १० खेलमा ४३ गोल गरेकी थिईन् । जसमा ७ ह्याट्रिक रहेको थियो । सावित्राले चौदण्डीगढी नगरपालिकाविरुद्धको पहिलो लेगमा एक्लै १२ गोल गरेकी थिईन् । सावित्रा लिग उपविजेता विभागीय आर्मीविरुद्ध मात्रै गोलविहिन भईन् ।

राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता सावित्राले कतारको अस्पेटारमा हुने शल्यक्रिया र रिहाबबाट फर्किएपछि पनि आफ्नो प्रदर्शनमा कुनै कमी हुन नदिने र अझै मजबुद, बलियो भएर मैदान फर्कनेमा विश्वस्त रहेको बताईन् ।

‘शल्यक्रिया र रिहावपछि कति समय लाग्छ मैदान फर्कन त्यो समय कुर्नुपर्ने हुन्छ । त्यस क्रममा आफ्नो प्रदर्शन गुमाउने छैन । पहिलाको साम्बानै भएर फर्कन्छु । प्रदर्शन घट्ने छैन । झनै बढाएर आउँछु ।’ साबित्राले भनिन् ।

चोट बोकेसँगै सावित्राले पाकिस्तानी लिग गुमाएकी थिईन् । राष्ट्रिय टोलीका चार सदस्य गोलरक्षक अन्जिला तुम्बाप्पो सुब्बा, डिफेण्डर गिता राना, मिडफिल्डर सरु लिम्बु र स्ट्राइकर अनिता केसीले पाकिस्तानी महिला क्लब माषा युनाइटेडबाट खेलेका थिए ।

May be an image of 1 person

यसअघि भारतीय आईलिग दुई संस्करण फरक क्लबबाट खेलेकी साबित्राले उच्च प्रदर्शन गर्दै दुबै क्लबलाई उपाधि जिताएकी थिईन् । पहिलो पटक सेथु एफसीलाई उपाधि दिलाएकी साबित्राले दोस्रो पटकमा भने गोकुलम केरेला एफसीलाई उपाधि दिलाएकी थिईन् । घरेलु महिला फुटबलमा एपीएफको एक्लो दबदबा सावित्राकै कारण सम्भव देखिन्छ ।

अब, सावित्राले घरेलु मैदानमा हुने एएफसी महिला एसिया कप २०२२ छनोट खेल गुमाउने भएकी छिन् । समूह एच मा रहेको नेपालले एएफसीको कार्यक्रम अनुसार बलिया थाईल्याण्ड र फिलिपिन्ससँग घरेलु मैदान खेल्नेछ । छनोटको ८ समूहको विजेताले अर्काे बर्ष भारतमा हुने एसिया कप खेल्नेछ ।

तर यो छनोट खेल भने साबित्राले गुमाउने छिन् । सावित्रा नहुँदा नेपाली टोलीले अग्रपंक्तिमा दबाब खेप्ने निश्चित छ ।

‘होम ग्राउण्डमा त्यो प्रतियोगिता खेल्न नपाउँदा दुखी छु । ग्राउण्डमा कहिले फर्कन्छु रिहावपछि थाहा हुन्छ । छनोटमा नेपालले राम्रो गर्नेमा विश्वस्त छु ।’ राष्ट्रिय टोलीको लागि सर्वाधिक ३८ गोल गरेकी सावित्राले भनिन् ।

May be an image of 1 person, playing a sport, outdoors and text that says 'KELME 9 VaninRise खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटीkhelpati.com KELME खेलपोंटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com FIFA 2021'

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल