आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अलमुताइरीको ‘स्टन्ट’, पंकजलाई ‘ब्याकफायर’

सोमबार, ११ श्रावण २०७८हिम बिक्रम केसी
अलमुताइरीको ‘स्टन्ट’, पंकजलाई ‘ब्याकफायर’
Loading ad...
mustang rice ad

काठमाडौं । फुटबल नेपालको खेल हैन, तर नेपालीहरु फुटबललाई औधी माया गर्छन् ।

फुटबलमा नयाँ प्रशिक्षक आएका छन्, अब्दुल्लाहा अलमुताइरी ।

धेरै फुटबल प्रशंसक अलमुताइरीलाई पनि माया गर्छन् । किनकी नेपालीहरु फुटबललाई प्रेम गर्छन् । अलमुताइरी अहिलेका लागि नेपाली फुटबलको एउटा हिस्सा हुन् । ‘साइकोलोजी’का विद्यार्थी अलमुताइरीले पनि यो बुझेका छन् ।

आइतबार दिनभर अलमुताइरी चर्चामा रहे । उनले समाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको कारण खुलाए । दिनभर सामाजिक सञ्जाल अलमुताइरीको राजीनामामा केन्द्रित भयो । अलमुताइरीले आरोपित गरेका पंकज नेम्वाङलाई धेरैले ‘भिलेन’ बनाए ।

आइतबारको सारा घटना एउटा फेसबुक स्टाटसबाट सुरु हुन्छ । सामाजिक सञ्जालमा आफु लक्षित एक स्टाटसमा पंकजको ‘रियाक्ट’ देखेपछि अलमुताइरीले बौरिन्छन्, र तत्काल राजीनामाको घोषणा गर्छन् । आफुविरुद्ध वरिष्ठ उपाध्यक्ष लागेको निष्कर्ष सहित अलमुताइरीले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेर एन्फा पुगेका अलमुताइरीले सोही कुरा भनेका थिए ।

‘तिमीहरुको राजनीतिसंग मलाई कुनै सरोकार छैन । तर मलाई विवादमा ल्याउने काम नगर । म यहाँ फुटबलका लागि आएको हुँ । मविरुद्ध मान्छे उचाल्ने र विवादमा ल्याउने काम नगर ।’ अलमुताइरीले एन्फाका पदाधिकारी समक्ष भनेका थिए ।

एन्फाको राजनीतिमा प्रष्ट दुई धार देखिन्छ । अध्यक्ष कर्माछिरिङ नेतृत्वमा चुनाव जितेर आएका पंकज वर्तमान टिमबाट अलग भएका छन् । केन्द्रिय सदस्य दावा लामासहित अलग भएका पंकजसंग वर्तमान नेतृत्वसंग असन्तुष्ट केही पदाधिकारी थपिएका छन् । पछिल्लो समय उपाध्यक्षद्धय वीरबहादुर थापा र कृष्ण थापा नेम्वाङको टिममा थपिएका छन् । दुवै धारबीच परिवर्तनको ‘मसिहा’ को बन्ने ? भन्नेमा चर्को प्रतिस्पर्धा छ । एकले अर्कोलाई सिध्याउन जुनसुकै हदसम्म जाने गतिविधिमा दुवै पक्ष उद्यत देखिन्छन् । त्यसकै ‘घान’मा वर्तमान प्रशिक्षक अलमुताइरी परेका छन् ।

हरेक सत्तामा पक्ष हुन्छ्, प्रतिपक्ष हुन्छ । यतिबेला फुटबलको सत्तामा कर्मा छन् । नेम्वाङ प्रतिपक्ष बनेका छन् । सत्ताको विरोध गर्नु प्रतिपक्षको धर्म हो । प्रतिपक्षको विरोधले सत्ता पक्षलाई सही बाटोमा हिड्न दबाब पनि सिर्जना गर्छ । तर नेपाली फुटबलमा विरोधको राजनीति नराम्रोसंग फैलिएको छ । विरोधका लागि विरोधले एन्फामात्र हैन, फुटबललाई समेत बदनाम बनाएको छ । विरोध गरेरै सत्तामा पुगिन्छ भन्ने नयाँ ‘भाष्य’ फुटबलमा स्थापित बनाउन खोजिदैछ, जुन खतरनाक छ ।

प्रशिक्षक अलमुताइरीको राजीनामाको मुख्य कारण एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीचको अन्तरविरोध हो । यहीँ अन्तरविरोधमा एन्फाभित्र अवसरवादी र भ्रष्टहरुले खेल्न पाएका छन् । अलमुताइरीको राजीनामा प्रकरण शेर्पाविरुद्ध नेम्वाङलाई उचाल्ने र नेम्वाङविरुद्ध अलमुताइरी उचाल्ने घटनाको पटाक्षप मात्र हो ।

अलमुताइरीको राजीनामाले वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गको फुटबलको राजनीतिक जीवनमा गम्भिर धक्का लागेको छ । एन्फा अध्यक्षविरुद्ध आक्रमक तरिकाले प्रस्तुत भइरहेका नेम्वाङ्गमाथि प्रशिक्षक प्रकरणले ‘ब्याकफायर’ गरेको छ । प्रशिक्षकको राजीनामाले एन्फाको आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका नेम्वाङको सामाजिक र राजनीतिक प्रतिष्ठामा गम्भिर चोट लागेको छ ।

अर्कोतर्फ, अलमुताइरीका आफ्नै समस्या छन् । उनी फुटबलमा जति प्रतिबद्ध छन्, व्यवहारमा उतिनै अपरिपक्क छन् । अलमुताइरी आफुलाई साइकोलोजी र पत्रकारिताको विद्यार्थीको रुपमा प्रस्तुत गर्छन् । खेलाडीमाझ साइकोलोजीको प्रभाव छाडेका छन् । तर व्यवहारमा सधै कच्चा रुपमा प्रस्तुत भए । कतार फुटबल संघको सहयोगमा अलमुताइरी नेपाल आएका हुन् । उनी सामान्य विषयमा समेत राजीनामाको धम्की दिदै आएका थिए । यसपटक उनले फेसबुकबाटै राजीनामा दिने घोषणा गरे । तर औपचारिक राजीनामाको पत्र एन्फामा दिएका छैनन् । उनले राजीनामालाई एउटा ‘स्टन्ट’को रुपमा प्रस्तुत गरे ।

अलमुताइरीको नेपाली मिडियासंग सधै टाढाको सम्बन्ध रह्यो । खेलकुदका पत्रकारसंग उनको सधै प्रतिशोधपूर्ण व्यवहार देखियो । उनको ‘वान टिम’भित्र कहिल्यै नेपालको मिडिया परेन । सामाजिक सञ्जालमार्फत उनले नेपाली खेलकुदसंग अन्तरक्रिया गर्न खोजे । जनमत बनाउन जुटे । खेलाडीलाई मिडियाबाट टाढा राखे । मिडियाविरुद्ध उस्काउने काम गरे । सामाजिक सञ्जालको लोकप्रियताको बलमा आफै हरेक विषयमा ‘डिल’ गर्न खोजे । तर कतैपनि जिम्मेवार बन्न खोजेनन् । भिडकै पछि लागे । भिडलाई आधिकारिक माने । भिडमा उत्तेजना हुन्छ, विवेक हुदैन । अलमुताइरीले बुझेनन् । 

आइतबारको ‘स्टाटस’ त्यसकै परिणाम हो ।

भिडको उत्तेजनाले तत्काललाई अलमुताइरीलाई राहत दिएपनि विवेकको प्रश्नले उनलाई लखेटिरहनेछ । राष्ट्रिय टिमको प्रशिक्षकको सम्बन्धित देश र पदाधिकारीसंग थुप्रै असन्तुष्टि हुन्छन् । तर सामाजिक सञ्जालमा एन्फाका वरिष्ठ उपाध्यक्षलाई दोषारोपण गरेर जसरी उनले राजीनामा प्रस्तुत गरेका छन्, यो ‘प्रो लाइसेन्स कोच’बाटको सबैभन्दा अपरिपक्क व्यवहार हो ।

एन्फा उनका लागि टाढा थिएन । एन्फाका पदाधिकारी उनीभन्दा टाढा थिएनन् । असन्तुष्टि राख्ने धेरै ‘फोरम’ उनीसंग सुरक्षितनै थिए । तर फुटबल राजनीतिमा संलग्न एक पदाधिकारीमाथि आक्रोशपूर्ण जुन स्टाटसको ‘स्टन्ट’ अलमुताइरीले गरेका छन्, त्यो क्षमा योग्य छैन । एन्फाको घृषित राजनीतिमा अलमुताइरी जवर्जस्त मुछिएका छन् । प्रशिक्षकको रुपमा फुटबलका प्रशंसकबाट सहानुभूती लुट्न र त्यो सहानुभूतीलाई आफु अनुकुल प्रयोग गर्ने अलमुताइरी ‘स्टन्ट’को पर्दाफास भएको छ ।  

 

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा दिने घोषणा

 

ममाथि षडयन्त्र भयो - वरिष्ठ उपाध्यक्ष नेम्बाङ

 

राजीनामा फिर्ता लिन अलमुताइरीलाई एन्फाको आग्रह

 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल