आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा विवाद : छानबिनको समय थप्ने तयारी

आइतबार, ३१ श्रावण २०७८खेलपाटी संवाददाता
एन्फा विवाद : छानबिनको समय थप्ने तयारी
Loading ad...
mustang rice ad

काठमाडौं । फुटबल विवादको छानबिन गर्न गठित समितिले समय थप्ने तयारी गरेको छ ।

तोकिएको ७ दिनभित्र छानबिन नसकिएको भन्दै समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग थप केही दिन समय माग गर्ने तयारी गरेको हो ।

‘बयानको काम सकिएको छ । महत्वपूर्ण बुँदा टिपोट भएका छन् । बयानका आधारमा प्राप्त बुँदालाई लिपिबद्ध गर्न बाँकी छ । केही दिन लाग्ने देखिन्छ । राखेपसंग समय थप गर्न आग्रह गर्ने तयारी छ ।’ समितिका एक सदस्यले खेलपाटीसँग भने ।

राखेपले फुटबल विवादको छानबिन गर्न पुरेन्द्रबिक्रम लाखे संयोजकत्वको ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिलाई ७ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्न अख्तियारी प्रदान गरिएको थियो ।

राखेपले दिएको समय गत शुक्रबार सकिएको छ । हिजो शनिबार बिदाको दिन भएकाले थप काम अघि बढ्न सकेन । समितिले केही दिन थप गरेर प्रतिवेदन तयार गर्ने जनाएको छ । सोही अनुसार राखेपसंग दुईदेखि तीन दिनको समयका लागि आग्रह गर्ने तयारी भएको छ ।

‘बयानलाई लिपिबद्ध गरेपछि छानबिनलाई निष्कर्शमा पुर्याउनेछौं । केही दिनभित्र प्रतिवेदन तयार हुन्छ ।’ तीन सदस्यले थपे ।

समितिले छानविनको सुरुवातमा घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मुछिएका व्यक्तिलाई बयानका लागि बोलाएको थियो ।

समितिले घटनामा संलग्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सहित १४ जनाको बयान लिएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबाट बयान सुरु गरेको समितिले शुक्रबार अन्तिममा घटनाका केन्द्रिय पात्र वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकसँग सोधपुछ गरेको छ ।

वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै मुख्य प्रशिक्षकले पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा पुगेको देखिएको थियो । दुवै पक्षले घटनाको छानबिन गर्न भन्दै एन्फामा निवेदन दिएका थिए । जसमा दुई खेल पत्रकारले समेत प्रशिक्षकद्धारा दुर्व्यवहार भएको आरोप सहित एन्फामा निवेदन दिएका थिए ।

प्राप्त निवेदनमाथि छलफल गर्दै एन्फाको कार्यसमिति बैठकले घटनाको छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । एन्फाको आग्रह अनुसार मन्त्रालयले घटनाको छानबिनका लागि राखेपलाई पत्राचार गरेको थियो । मन्त्रालयले घटनाको छानबिन गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध