काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

तस्बिर सौजन्य : गोविन्दराज नेपाल
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ।
८ टोलीको सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आगामी ८ देखि १५ जेठसम्म हुनेछ। नेपाल भलिबल संघले आइतबार सोही प्रतियोगिताको विजेताले हात पार्ने ट्रफी सार्वजनिक गरेको हो।
यसपटकको प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाउँदै छन्। अघिल्लो संस्करण नेपालमै आयोजना हुने तय भए पनि ८-९ सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो, जसमा नेपालले सहभागिता जनाएन।
एक वर्षको ‘ग्याप’ पछि नेपाल प्रतियोगितामा फर्किन लागेको हो। नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित कीर्गिस्तान, भारत र माल्दिभ्स छन्। यस्तै, अर्को समूहमा इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश छन्।
नेपालले पहिलो खेल ८ जेठमा भारतसँग खेल्नेछ। त्यही दिन कीर्गिस्तान र माल्दिभ्स तथा इरान र बंगलादेश पनि भिड्नेछन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल १५ जेठमा हुनेछ।
प्रतियोगिताको बजेट २ करोड ५० लाख अनुमानित रहेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। त्यसमा नेपाल सरकारको १ करोड र काठमाडौं महानगरपालिकाले ३० लाख सहयोग गर्नेछ।







-1776931409919.jpeg&w=3840&q=75)







