बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

इस्टर्न ओपनमा शुक्रको अग्रता

मंगलबार, १३ पौष २०७८खेलपाटी संवाददाता
इस्टर्न ओपनमा शुक्रको अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं ।  सुर्य नेपाल इस्टर्न ओपन गल्फको दोस्रो दिन मंगलबार शुक्रबहादुर राईले १ स्ट्रोकको अग्रता बनाएका छन् । 

धरान गल्फ क्लबमा शुक्रले ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे ।

१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता समेत रहेका उनले १ अन्डर १ सय ३९ स्कोर बनाएका रवी खड्कालाई १ स्ट्रोकले पछि पारेका हुन् । रवीले दोस्रो दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ अन्डर ६६ को स्कोर लेखाए । उनले पहिलो दिन ३ ओभर ७३ खेलेका थिए । 

पहिलो दिन अग्रतामा रहेका निरज तामाङले दोस्रो दिन ४ अन्डर ७४ को स्कोर जोड्दै समग्रमा तेस्रो भए । उनले समग्रमा १ ओभर १ सय १४१ स्कोर जोडेका छन् । समग्रमा २ ओभर १ सय ४२  स्कोरसहित बलभद्र राई र धनबहादुर थापा संयुक्त चौथो स्थानमा छन् । छैटौं स्थानमा ४ ओभर १ सय ४४ स्कोर जोडेका सुर्य प्रसाद शर्मा रहेका छन् । 

संयुक्त सातौँ स्थानमा ६ ओभर १ सय ४६ स्कोरसाथ संजय लामा र सविन सापकोटा छन् । नवौं स्थानमा ७ ओभर १ सय ४७ स्कोर जोडेका टंकबहादुर कार्की तथा संयुक्त दशौं स्थानमा नेपाल नम्बर १ भुवन नगरकोटी र भुवन कुमार रोक्काले ९ ओभर १ सय ४९ स्कोर जोडेका छन् । 

एमेच्योरतर्फ १३ औं सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङ अग्रतामा छन् । उनले १ अन्डर ६९ को स्कोर जोड्दै समग्रमा ६ ओभर १ सय ४६ स्कोर जोडेका छन् । उनलाई ७ ओभर १ सय ४७ स्कोरसहित  स्थानीय गल्फर जितेन्द्र राई र युवराज भुजेलले पछ्याएका छन् । एमेच्योरतर्फ यी तीनसँगै जीवन राई, सद्भाव आचार्य र बुद्धिमान सुनुवारले कट बनाए । 

समग्रमा १५ ओभर १ सय ५५ वा सोभन्दा कम स्कोर बनाएका २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका छन् । प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ । 

Loading ad...
LiNing Ad
इस्टर्न ओपनमा शुक्रको अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका