बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

वीर गणेशमान सिंह फेन्सिङ : आर्मी टिम च्याम्पियन

सोमबार, २३ फाल्गुण २०७८खेलपाटी संवाददाता
वीर गणेशमान सिंह फेन्सिङ : आर्मी टिम च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ ।

आर्मीले ६ स्वर्ण, २ रजत र ६ कास्य पदक जितेर टिम च्याम्पियन बनेको हो ।

दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गर्यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गर्यो । 

वीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन् । थापाले फाईनलमा चिरप्रतिद्वन्दि आर्मीकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गर्दै रजतमा खुम्च्याईन् । तेश्रो स्थानमा आर्मीकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ रहे ।

पुरुषको टिम फ्वाईल तर्फ आर्मीले जित हात पार्दै स्वर्ण कब्जा गर्यो । आर्मीले बागमतीलाई ४५–२९ ले पराजित गर्दै रजतमा खुम्चन बाध्य बनायो । गण्डकी र एपिएफले कास्य पदक प्राप्त गरे ।

यस्तै टिम महिला सावरमा पनि आर्मीले स्वर्ण हात पार्यो । फाईनलमा आर्मीले एपिएफलाई ४५–३६ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । बागमती र गण्डकीले कास्य पदक हात पारे ।

महिला टिम फ्वाईल तर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त गर्यो । एपिएफले बागमतीलाई ४५–३६ अंकले परातिज गरेको हो । यस्तै यस विधामा आर्मी र प्रदेश नं. १ ले कास्यमा चित्त बुझाए ।

पुरुष इपी टिम तर्फ आर्मीले एपिएफलाई ४५–४० अंकले पराजित गर्दै स्वर्ण हात पार्यो । तेश्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश नं. १ रहे ।

पुरुष सावर तर्फ एपिएफले स्वर्ण जित्दा बागमतीले रजत पायो । एपिएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो । आर्मी र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ब्यक्तिगत स्पर्धा तर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठले ब्यक्तिगत १० हजारले सम्मान गरे । यस्तै प्रतियोगितामा अनुशासित खेलाडी भएका एपिएफका शेरसिंह ऐरीलाई भारतबाट प्रतियोगिता सफल पार्न आएका निर्णायकहरु सन्तोष पाण्डे र बिशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट सवै भन्दा कम उमेरकी खेलाडी (११ वर्ष) प्रतिक्षा रानाले पनि सहभागिता जनाएकी थिईन् । उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न पनि सफल भएकी थिईन् ।

बिजयी खेलाडीहरुलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाश मान सिंह, महिला नेतृ श्रृजना सिंह, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सुभाष श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, सचिव रामजी बहादुर श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, नेपाल सुटिङ्ग संघका अध्यक्ष पुष्पदाश श्रेष्ठ, भारोत्तोलन संघका अध्यक्ष रामबोस श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।

तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो । १२ स्वर्ण पदकका लागि ११४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Loading ad...
LiNing Ad
वीर गणेशमान सिंह फेन्सिङ : आर्मी टिम च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य